Trending
Prev Story
Next Story

जलवायु अनुकूलनका तीन परियोजना स्वीकृत, ४ करोड ५० लाख डलर सहयोग

Ekantipur •
October 25, 2026 • 06:00 AM
2
2 reads 0 reactions

ग्रिन कोशी परियोजना, हिन्दुकुश हिमालय पूर्वसूचना प्रणाली सुदृढीकरण परियोजना र लुम्बिनी प्रदेश स्थानीय नेतृत्वमा आधारित जलवायु कार्य परियोजना स्वीकृत भएका हुन् ।

जलवायु अनुकूलनका तीन परियोजना स्वीकृत, ४ करोड ५० लाख डलर सहयोग

ग्रिन कोशी परियोजना, हिन्दुकुश हिमालय पूर्वसूचना प्रणाली सुदृढीकरण परियोजना र लुम्बिनी प्रदेश स्थानीय नेतृत्वमा आधारित जलवायु कार्य परियोजना स्वीकृत भएका हुन् ।

काठमाडौँ — कृषि, वन तथा पर्यावरण मन्त्रालयले जलवायु परिवर्तनका असरहरूसँग अनुकूलन गर्ने क्षमता अभिवृद्धिका लागि पेस गरेका तीनवटै बहुआयामिक परियोजना जलवायु अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट सर्वसम्मत रूपमा स्वीकृत भएका छन् ।

विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको उच्च माग रहेको र कोषको स्रोत सीमित रहेको अवस्थामा पनि नेपालद्वारा प्रस्तुत तीनवटै परियोजना स्वीकृत हुनुलाई मन्त्रालयले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । यो सफलताले नेपालको पर्यावरण क्षेत्रमा परेको आर्थिक भार व्यवस्थापन गर्न र जलवायु परिवर्तनका कारण सिर्जित प्राकृतिक विपद्का जोखिम न्यूनीकरण गर्दै पुग्ने क्षति कम गर्न उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

ग्रिन कोशी परियोजना, हिन्दुकुश हिमालय पूर्वसूचना प्रणाली सुदृढीकरण परियोजना र लुम्बिनी प्रदेश स्थानीय नेतृत्वमा आधारित जलवायु कार्य परियोजना स्वीकृत भएका हुन् ।

ग्रिन कोशी परियोजना : प्रकृतिमा आधारित समाधानमार्फत कोशी क्षेत्रको पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायु उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्य राखिएको यस परियोजनाका लागि अमेरिकी डलर ९९ लाख २७ हजार ७५० वित्तीय सहयोग स्वीकृत भएको छ । यस परियोजनाको कार्यान्वयन निकाय राष्ट्रिय प्रकृति संरक्षण कोष रहेको छ ।

हिन्दुकुश हिमालय पूर्वसूचना प्रणाली सुदृढीकरण परियोजना : हिमालय क्षेत्रमा बाढी तथा पहिरोको पूर्वसूचना प्रणालीलाई थप प्रविधिमैत्री र सुदृढ बनाउँदै समुदायको जलवायु अनुकूलन क्षमता बढाउने उद्देश्यका साथ 'हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु अनुकूलन तथा बाढी र पहिरोको पूर्वसूचना प्रणाली सुदृढीकरण' परियोजना स्वीकृत भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) कार्यान्वयन निकाय रहेको यस परियोजनाका लागि अमेरिकी डलर ३ करोड वित्तीय सहयोग प्रस्ताव तथा स्वीकृत भएको छ ।

लुम्बिनी प्रदेश स्थानीय नेतृत्वमा आधारित जलवायु कार्य परियोजना : लुम्बिनी प्रदेशका स्थानीय समुदायको नेतृत्वमा प्रकृतिमैत्री जलवायु कार्यमार्फत उत्थानशील समुदाय निर्माण गर्ने लक्ष्यका साथ पेस गरिएको यस परियोजनाका लागि अमेरिकी डलर ४९ लाख ९८ हजार ७०७ वित्तीय सहयोग स्वीकृत भएको छ । यसको कार्यान्वयन निकाय युएन ह्याबिटाट रहेको छ ।

पेस गरिएका सबै परियोजना स्वीकृत भएकाले नेपालको पारिस्थितिक प्रणालीको संरक्षण, विपद् पूर्वसूचना प्रणालीको आधुनिकीकरण र स्थानीय स्तरमा समुदायको जलवायु उत्थानशीलता अभिवृद्धिमा ठोस सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ ।

अन्तर्राष्ट्रिय समुदायले नेपालको जलवायु कार्यप्रतिको प्रतिबद्धतालाई उच्च मूल्याङ्कन गर्दै देखाएको विश्वासका लागि मन्त्रालयले हार्दिक आभार व्यक्त गरेको छ । -कृषि, वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको जानकारीका आधारमा यो समाचार तयार पारिएको हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
54m ago
जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय वार्ता र कूटनीतिमा नेपालको प्रभावकारी भूमिका स्थापित गर्न पूर्वतयारी, निरन्तर कूटनीतिक प्रयास र बहुपक्षीय सहकार्यलाई थप सुदृढ बनाइने बताएका छन्।

#जलवायु
Compare →
Hamro Patro News
1h ago
नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यसम्बन्धी सम्झौता

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ...

#जलवायु
Compare →
Bizshala
11h ago
जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

काठमाण्डौ । विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य योगदान रहेको नेपालले त्यसको असर सामना गर्न प्राप्त गर्ने...

#जलवायु
Compare →
Onlinekhabar
13h ago
जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन

जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन

२७ कात्तिक, काठमाडौं । टर्कीएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । टर्कीएको अन्ताल्यास्थित सम्मेलन केन्द्र परिसरमा विश्वभरिबाट आएका नागरिक समाजका प्रतिनिधि तथा प्रदर्शनकारीहरूले जलवायु सङ्कटको …

#जलवायु
Compare →

Related Stories

Science & Climate
Build #2612