Trending
Prev Story
Next Story

पछिल्लो २४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

७ कात्तिक, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको …

पछिल्लो २४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

७ कात्तिक, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि आज आजसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्ने, पहिरो तथा जनावरको आक्रमणलगायत विपद्का घटना भएका हुन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सप्तरी, धादिङ, गोरखा, कञ्चनपुर र डडेल्धुरामा सर्पदंशका घटना भएका छन् । यस्तै, मोरङ, सुनसरी, बारा, नवलपरासी पूर्व, दाङ, सल्यान, कैलाली र डडेल्धुरामा आगलागीका घटना भएका छन् ।

त्यसैगरी, मनाङ र डोल्पामा लेक लाग्ने, म्याग्दीमा पहिरो तथा कास्की र कैलालीमा जनावरको आक्रमणका घटना भएका छन् । विभिन्न जिल्लामा भएका यी विपद्का घटनाबाट आठ जना घाइते भएका छन् । घटनामा मानवीय क्षति नभए पनि भौतिक सम्पत्तिमा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

विपद्मा परी घाइते भएकामध्ये केहीको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि जिल्ला बाहिरका अस्पतालमा लगिएको छ । घटनाबाट भएको क्षतिको विवरण सङ्कलन तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकाय सक्रिय रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्न र आधिकारिक सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

विपद्का समयमा सतर्कता अपनाउनुका साथै जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नसके सम्भावित जनधनको क्षति कम गर्न सकिने प्राधिकरणको सुझाव छ । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
अमेरिकामा अचानक देशभरका सबै हवाई उडानमा रोक

अमेरिकामा अचानक देशभरका सबै हवाई उडानमा रोक

अमेरिकामा अचानक देशभरका सबै हवाई उडानमा रोक लगाइएको छ। संघीय उड्डयन प्रशासन (एफएए)ले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै आकस्मिक निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अचानक...

#देशभर
Compare →
Ekantipur
3h ago
२८ कार्तिक २०८३ : वायु गुणस्तर प्रतिवेदन : देशभरको अवस्था

२८ कार्तिक २०८३ : वायु गुणस्तर प्रतिवेदन : देशभरको अवस्था

आज देशभरको औसत वायु गुणस्तर सूचकांक करिब १६८ रहेको छ।

#देशभर
Compare →
Nagarik News
5h ago
अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रको सञ्चार प्रणालीमा समस्या आएपछि शनिबार देशभरका उडान रोक्ने आदेश दिएको छ।

#देशभर
Compare →

Related Stories

World News
Build #2612