Trending
Prev Story
Next Story

काठमाडौं उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

Ekantipur •
October 24, 2026 • 12:00 PM
2
2 reads 0 reactions

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सीसी क्यामरामार्फत ३९, रातो बत्तीमा सवारीसाधन चलाउने २० चालकलाई कारबाही गरिएको हो ।

काठमाडौं उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सीसी क्यामरामार्फत ३९, रातो बत्तीमा सवारीसाधन चलाउने २० चालकलाई कारबाही गरिएको हो ।

काठमाडौँ — काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सीसी क्यामरामार्फत ३९, रातो बत्तीमा सवारीसाधन चलाउने २० चालकलाई कारबाही गरिएको जानकारी दिए ।

यस्तै, तीव्र गतिमा सवारीसाधन चलाउने ५७, हर्न बजाएर सवारीसाधन चलाउने आठ, लेन अनुशासन पालन नगर्ने तीन, अवस्था ठिक नभएको दुई र अन्य कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले चाडपर्वको समयमा सवारी नियम उल्लंघन गरी सवारीसाधन चलाउने चालकमाथि कडा निगरानी तथा कारबाही गर्दै आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
15h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#सवारीसाधन #काठमाडौं
Compare →
Arthasansar
15h ago
बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

काठमाडौँको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी...

#सवारीसाधन #काठमाडौं
Compare →
Hamro Patro News
2h ago
बल्खु–दक्षिणकाली–हेटौँडा सडकखण्डमा राति सवारीसाधन चलाउन नपाइने

बल्खु–दक्षिणकाली–हेटौँडा सडकखण्डमा राति सवारीसाधन चलाउन नपाइने

काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौँडा चल्ने सडकखण्डमा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ । उक्त सडकखण्डमा दुर्घटना बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारीका लागि निश्चित समय तोक...

#काठमाडौं #सवारीसाधन
Compare →
Bizshala
20h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612