Trending
Prev Story
Next Story

गंगापूर्ण हिमालमा सम्पर्कविहीन दुई जापानी आरोही मृत भेटिए

Ekantipur •
October 24, 2026 • 11:00 AM
2
2 reads 0 reactions

मृत भेटिनेमा जापानी नागरिक ४० वर्षीय हिदेसुके तानेइशी र २५ वर्षीय तेत्सु हाशिमोतो रहेका छन् ।

गंगापूर्ण हिमालमा सम्पर्कविहीन दुई जापानी आरोही मृत भेटिए

मृत भेटिनेमा जापानी नागरिक ४० वर्षीय हिदेसुके तानेइशी र २५ वर्षीय तेत्सु हाशिमोतो रहेका छन् ।

लमजुङ — मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जापानी पर्वतारोही मृत भेटिएका छन्।

मृत भेटिनेमा जापानी नागरिक ४० वर्षीय हिदेसुके तानेइशी र २५ वर्षीय तेत्सु हाशिमोतो रहेका छन्। उनीहरू मनाङको ङिस्याङ गाउँपालिका–६ मा रहेको ७ हजार ४५५ मिटर अग्लो गंगापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएका थिए।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार दुवैको शव बिहीबार गंगापूर्ण हिमालको दक्षिणी भागमा करिब ६ हजार ३०० मिटर उचाइमा फेला परेको हो। अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत खोजी गर्ने क्रममा उनीहरूको शव भेटिएको थियो।

कस्मो एडभेन्चर प्रालिमार्फत नेपाली गाइडसहित मनाङ आएका उनीहरू २४ असोजमा गंगापूर्ण हिमाल आरोहणमा गएका थिए। २९ असोजको राति १०ः५५ बजे करिब ७ हजार ५० मिटर उचाइमा पुगेपछि उनीहरू सम्पर्कविहीन भएका थिए।

जापानी आरोही सम्पर्कमा नआएपछि नेपाली गाइड तुम्बहाङ राईले सम्बन्धित कम्पनीलाई खबर गरेका थिए। त्यसपछि खोजी सुरु गरिएको थियो। २ कात्तिकमा  हेलिकोप्टरबाट खोजी गर्दा घटनास्थलमा उनीहरूको झोला र स्टिक फेला परे पनि आरोही भेटिएका थिएनन्।

लगातारको खोजीपछि ६ कात्तिकको बिहान ११ बजे दुवैको शव फेला परेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार हेलिकोप्टरबाट शव काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

शव परीक्षणपछि नेपालस्थित जापानी राजदूतावासको समन्वयमा परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
27m ago
हिमालको ज्वरो

हिमालको ज्वरो

ज्वरो निधारमा थियो व्यथा टाउकाको थिएन आँसु आँखाबाट खसिरह्यो तर समस्या आँखाको मात्र थिएन। ज्वरो आयो अनुहार रातोपिरो भयो गहबाट आँसुको भल बगिरह्यो अनुहारको सोह्र सिङ्गार पखालियो। कुरा यत्ति हो तर यत्ति नठान्नु ! ज्वरो आउनु सङ्केत मात्र हो यो त लक्षण हुन सक्छ कुनै महारोगको कुनै …

#हिमाल
Compare →
Hamro Patro News
1h ago
ग्राहकको विवरण सुरक्षित राख्न नसकेको भन्दै जापानी कम्पनीले माग्यो माफी

ग्राहकको विवरण सुरक्षित राख्न नसकेको भन्दै जापानी कम्पनीले माग्यो माफी

जापानी खुद्रा व्यापारिक कम्पनी ‘मुजी’को सञ्चालक रयोहिन केइकाकुले ग्राहकका क्रेडिट कार्ड र व्यक्तिगत विवरण सुरक्षित राख्न नसकेको स्वीकार गर्दै माफी मागेको छ। कम्पनीले बिहीबार टोकियोमा पत्रकार सम्मे...

#जापानी
Compare →

Related Stories

Science & Climate
Build #2612