Trending
Prev Story
Next Story

पोलियो दिवसमा बुटवलमा जनचेतनामूलक र्‍याली

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

७ कात्तिक, बुटवल । विश्व पोलियो दिवसको अवसरमा विभिन्न रोटरी क्लबहरुले शनिबार  बुटवलमा जनचेतनामूलक र्‍याली निकालेका छन् । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटान रिजन ५ को आयोजना र अन्य विभिन्न रोटरी क्लबहरुको सहभागितामा चेतनामूलक र्‍याली प्रदर्शन …

पोलियो दिवसमा बुटवलमा जनचेतनामूलक र्‍याली

७ कात्तिक, बुटवल । विश्व पोलियो दिवसको अवसरमा विभिन्न रोटरी क्लबहरुले शनिबार  बुटवलमा जनचेतनामूलक र्‍याली निकालेका छन् ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटान रिजन ५ को आयोजना र अन्य विभिन्न रोटरी क्लबहरुको सहभागितामा चेतनामूलक र्‍याली प्रदर्शन भएको हो ।

बुटवलको रामनगरस्थित गौतमुबद्ध सामुदायिक मुटु अस्पतालबाट सुरु भएको र्‍याली राजमार्ग चौराहा, मिलनचोक, बसपार्क, पुष्पालाल पार्क हुँदै ट्राफिकचोकसम्म पुगेको थियो ।

सो अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य ज्ञानु पौडयालले पोलियो उन्मूलमा रोटरी क्लबको योगदान अग्रणी रहेको बताइन् ।

पोलियो उन्मूलनमा  खुला सिमाना चुनौती रहेको भन्दै यसका लागि सबैको सहकार्य आवश्यक रहेको सांसद पौडेलको भनाइ छ ।

रोटरी क्लब इन्टरनेसनल अन्तर्गत रुपन्देहीका अगुवा रोटरियन एवं गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले नेपालले पोलियो हुने भाइरसको सम्भावित पुन:प्रवेश समयमै पत्ता लगाउने निगरानी प्रणाली बलियो बनाइरहेको तर खुला सीमाना, सीमापार आवतजावत र खोप नलगाएका बालबालिका जोखिमका कारण रहेका औंल्याए ।

पोलियो संक्रमणबाट जोगिने उपायबारे लक्षित समुदायमा जनचेतना विस्तारलाई तीनै तहका सरकारले प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष आलमको सुझाव छ ।

पोलियो रोग लागिसकेपछि पूर्णरुपमा निदान हुन नसक्ने भएकोले रोकथाममै लाग्नुपर्ने आवश्यक रहेको र्‍याली आयोजक संस्थाका बालकृष्ण पाण्डेले बताए ।

पोलियो उन्मुलन गर्न  रोटरीले सन् १९७९ अक्टोबर २४ देखि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको थियो । रोटरीले सोही मितिलाई पोलियो दिवसको रुपमा मनाउँदै आएको छ । नेपालमा सन् २०१० यता पक्षघात गराउने पोलियो संक्रमण पुष्टि भएको छैन ।

सन् २०१४ मा विश्व स्वास्थ्य संगठनले नेपाललाई पोलियोमुक्त क्षेत्रका रूपमा प्रमाणीकरण गरेको थियो । नेपालले २०२६ अप्रिल २० मा सार्वजनिक गरेको विवरणअनुसार वीरगञ्ज महानगरपालिकामा नयाँ वातावरणीय निगरानी केन्द्र स्थापना गरिएको छ । यससँगै नेपालमा ढलको नमुना परीक्षण गर्ने केन्द्रको संख्या १० पुगेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
54m ago
आज विश्व मधुमेह दिवस मनाइँदै

आज विश्व मधुमेह दिवस मनाइँदै

मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थाको प्रमुख कारणमध्ये एक हो ।

#दिवस
Compare →
Nagarik News
2h ago
विश्व मधुमेह दिवस: चालीस प्रतिशतलाई मधुमेह भएको थाहै हुँदैन

विश्व मधुमेह दिवस: चालीस प्रतिशतलाई मधुमेह भएको थाहै हुँदैन

विश्वका ४० प्रतिशत मानिसलाई आफूलाई मधुमेह लागेको थाहा नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

#दिवस
Compare →
Hamro Patro News
5h ago
आज विश्व मधुमेह दिवसः जीवन शैली सुधारे मधुमेहबाट बच्न सकिन्छ

आज विश्व मधुमेह दिवसः जीवन शैली सुधारे मधुमेहबाट बच्न सकिन्छ

काठमाडौँ । २८ कात्तिकः आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथा...

#दिवस
Compare →

Related Stories

World News
Build #2612