सांसद सुनारमाथि छानबिन सुरु भइसक्यो, घटना अति संवेदनशील : रास्वपा अनुशासन आयोग
रास्वपा अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले कान्तिपुरसँगको कुराकानीमा चारित्रिकदेखि विभिन्न विषय आएको र आम नागरिकको चासो रहेकाले अनुसन्धान अघि बढाइएको बताए ।
रास्वपा अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले कान्तिपुरसँगको कुराकानीमा चारित्रिकदेखि विभिन्न विषय आएको र आम नागरिकको चासो रहेकाले अनुसन्धान अघि बढाइएको बताए ।
उनले पार्टीको अनुशासन आयोगमा सुनारको विषय गइसकेको र काम अघि बढाइसकेको जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले एक महिलालाई फोनमा दुर्व्यवहार गरेको भनेर सार्वजनिक अडिओ आफ्नो नभएको भन्दै पार्टीको अनुशासन आयोगमा स्पष्टीकरण बुझाएका छन्। उनको स्पष्टीकरणपछि आयोगले हरिचन्द्र भट्टराई संयोजकत्वको ६ सदस्यीय अनुसन्धान समिति बनाएर काम अघि बढाएको छ। अहिले स्वतन्त्र प्रमाण जुटाउने अनुसन्धानको अर्को चरणमा काम गरिरहेको भट्टराईले सेतोपाटीलाई जानकारी...