कांग्रेसले तोक्यो पदाधिकारीको वरीयता
नेपाली कांग्रेसले १५ औं महाधिवेशनबाट निर्वाचित भएर आएका पदाधिकारीको वरीयता तोकेको छ। पहिलो वरीयतामा सभापति गगन थापा छन्। त्यसपछि वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा छन्। उपसभापतिमा क्रमश: पुष्पा भुसाल, चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरीको वरीयता छ। महामन्त्रीमा क्रमश: प्रदीप पौडेल, डिला संग्रौला पन्त र उदय शमशेर राणाको वरीयता छ। ११ जना सहमहामन्त्रीको पनि वरीयता...