जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच खेल हुँदै
विराटनगर किंग्सका वेस्ट इन्डिजका खेलाडी एन्ड्रे रसेल र जनकपुर बोल्ट्सका मोइन अलीले एनपीएलको यो सिजनमा सोमबार अन्तिम खेल खेल्दै छन् । दुवै टोली मंगलबार एकअर्कासँग प्रतिस्पर्धा गर्दै छन् । मोइन र रसेल अबुधाबी टी–१० खेल्न यूएई जाँदै छन् । मोइनको कप्तानीमा रसेल अरेबियन एसेसमा एकै टोलीमा रहेका छन् ।