बाँकेमा यस वर्षको बडादशैं तथा दुर्गा पूजाका अवसरमा स्थापित मूर्ति विसर्जन कार्य शान्तिपूर्ण अनुशासित र मर्यादित वातावरणमा सम्पन्न भएको छ ।
धार्मिक तथा सामाजिक दृष्टिले अत्यन्तै संवेदनशील मानिने जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनको संयुक्त टोलीले अपनाएको चुस्त सुरक्षा रणनीतिका कारण उत्सव उत्साहजनक र सुरक्षित तवरले सम्पन्न भएको हो । चाडपर्वका बेला हुन सक्ने सम्भावित उच्छृङ्खल गतिविधि रोक्न र शान्ति-सुरक्षा चुस्त राख्न स्थानीय प्रशासनले एकीकृत सुरक्षा योजना तयार पारेको थियो ।
Read full story at source ( janaaastha.com )