Trending
Prev Story
Next Story

सुटुक्कै नेपाल आएर के गर्दैछन् माग्ने बुढा ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

यो शीर्षक देखेर तपाईंलाई झोंक चल्न सक्छ । अनि झोक्किएरै भन्नुहोला, ‘के झ्याली पिटेर आउनु ? सुटुक्कै त आउने हो ।’ तपाईं यतिमै रोकिनु हुन्न सायद । फेरी थप्नुहोला, ‘शेरबहादुर देउवा हुन् र उनी, नेपाल फर्कदा …

सुटुक्कै नेपाल आएर के गर्दैछन् माग्ने बुढा  ?

यो शीर्षक देखेर तपाईंलाई झोंक चल्न सक्छ । अनि झोक्किएरै भन्नुहोला, ‘के झ्याली पिटेर आउनु ? सुटुक्कै त आउने हो ।’

तपाईं यतिमै रोकिनु हुन्न सायद । फेरी थप्नुहोला, ‘शेरबहादुर देउवा हुन् र उनी, नेपाल फर्कदा पनि एयरपोर्टबाटै तामझाम गर्नलाई ?’

हुन पनि हो । माग्ने बुढा सुटुक्कै गएका थिए, सुटुक्कै आए । आउँदा हो–हल्ला गरेर आउने कुरा भएन । हुँदाछँदाको करियर छाडेर उनी अमेरिका पनि सुटुक्कै गएका थिए । नेपालमै ‘छक्का पञ्जा’ खेलिरहेका उनी एकाएक गायब भएका थिए । र, फुत्त अमेरिकी भूमीमा प्रकट भएका थिए ।

अमेरिकामा गएर चुपचाप काम गरेको भए कसैले उनको चियोचर्चा पनि गर्दैनथे । तर, उनी कति चुलबुले भने भिडियो बनाउँदै दिनदिनै फेसबुकमा पोस्ट गर्न थाले । त्यो पनि छोटो–छोटो जोकमा । उनको भिडियो हेरेर मान्छेहरुले अनुमान गरे, ‘यिनी अमेरिकामा बसेर दोहोरो कमाई गर्न थालिसके ।’

एक त उनको अज्ञात कामबाट । अर्को चाहिँ फेसबुकबाट ।

कमाई राम्रै चलिरहेको हुँदो हो, उनी नेपाल फर्किएछन् । नेपाल फर्किएर के गर्दैछन् ? दीपक दीपाको फिल्म फुत्किहाल्यो । त्यही भएर आफ्नी जीवनसंगीको फिल्म प्रवर्द्धन गर्दै बसेका छन् । कवड्डीबाट झांक्री गायब भएजस्तै ‘छ माया छपक्कै–२’ बाट उनी हराएका छन् ।

फिल्मको क्रेडिट लाइनमा नामोनिसाना छैन । पहिलो भागमा त उनकै हालीमुहाली थियो । जब जब उनी पर्दामा देखिन्थे, दर्शक उसैगरी हाँस्थे पनि । यसपाली उनलाई छ माया छपक्कैले ‘बारीको पाटामै पुर्‍याएको हो ?’

दुई साता अघि उनी एउटा क्याफे उद्घाटन गरिरहेका थिए, शंखमुलमा । बाबुराम क्याप लगाएर फिस्स हाँस्दै क्याफेको रिबन काटेको भिडियो राख्दै उनले पृष्टभूमीमा गीत बजाएका थिए, ‘छ माया छपक्कै ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6d ago
‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्रकारको प्रश्न सुनेर आक्रोशित बनेका छन्। शनिबार काठमाडौंको १५औं अधिवेशनबाट बाहिरिने क्रममा पत्रकारले ‘कांग्रेसको सभापति तपाईं हो कि गगन थापा ?’ भनी ...

#शेरबहादुर-देउवा #तपाईं
Compare →

Related Stories

National (Nepal)
Build #2611