६ असार २०४२, दिउँसो करिब साढे एक बजे। सिंहदरबारस्थित राष्ट्रिय पञ्चायतको ग्यालरी बैठक भवनमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न नाम टिपाउने क्रम चलिरहेको थियो। अघिल्लो दिन राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायतलाई सम्बोधन गरेका थिए। त्यही सम्बोधनमा प्रस्तुत नीति तथा कार्यक्रमबारे बोल्न चाहने सदस्यहरू आफ्नो नाम लेखाउन भवनमा पुगेका थिए।
राष्ट्रिय पञ्चायत सदस्य दीपबहादुर सिंह पनि नाम लेखाउन पुगेका थिए। उनीसँगै जाजरकोटबाट आएका विष्णुप्रसाद दवाडी थिए। नाम लेखाइसकेर भवनको मूल ढोकातर्फ फर्किँदा सिंहले राष्ट्रिय पञ्चायत सदस्य डम्बरजंग गुरुङ र भोलामान सिंह थापालाई भेटे। बाहिर पानी परिरहेको थियो। उनीहरू केहीबेर ढोकामै रोकिए। पानी केही कम भएपछि बाहिर निस्कन लाग्दा दोस्रो खुड्किलोमा पुग्नेबित्तिकै बम विस्फोट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalnews.com )