Trending
Prev Story
Next Story

समीर भट्ट भर्सेस अनमोल केसी : को बढी तगडा ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

अभिनेता अनमोल केसी र समीर भट्टबीच धेरै कुरा मिल्छन्  । भलै, उनीहरू मिल्छन् वा मिल्दैनन्, त्यो उनीहरूकै कुरा हो । दुवै समकालीन सिनेमामा समानान्तर रेखाबाट दौड सुरु गरेका धावक हुन् । – दुवै हिरो पुत्र हुन् …

समीर भट्ट भर्सेस अनमोल केसी : को बढी तगडा ?

अभिनेता अनमोल केसी र समीर भट्टबीच धेरै कुरा मिल्छन्  । भलै, उनीहरू मिल्छन् वा मिल्दैनन्, त्यो उनीहरूकै कुरा हो । दुवै समकालीन सिनेमामा समानान्तर रेखाबाट दौड सुरु गरेका धावक हुन् ।

– दुवै हिरो पुत्र हुन् । यिनीहरूका पिता आफ्ना जमानाका चल्तापुर्जा अभिनेता हुन् ।

– दुवै जनाको रिमोट यिनीहरूका पिताको हातमा छ । यिनीहरू पिताका आज्ञाकारी पुत्र हुन् ।

– दुवैले नेपाली सिनेमामा शानदार इन्ट्री गरे । म्युजिक भिडियो, सर्ट मुभी, सिरियल खेल्दै करियर बनाउनु परेन ।

– दुवैले पहिलो फिल्मबाट सफलताको स्वाद चाखे । यिनीहरूका डेब्यु फिल्म सुपरहिट रहे ।

– यी दुवै लक्का जवान हिरोका अघोषित म्यानेजर उनीहरूकै पिता हुन् ।

हल बाँधेर यसरी जोडा मिलाउँदै जाने हो भने अनमोल र समीरमा धेरैभन्दा धेरै समानता भेटिन्छन् । यस्तो लाग्छ, मानौँ यिनीहरू सिनेमा उद्योगका जुम्ल्याहा हुन् ।

यिनीहरूले आफ्ना पिताबाट अभिनयको आनुवंशिक गुण लिएर जन्मिए । अनि पिताकै कडा प्रशिक्षणमा हुर्किए । पिताकै इशारामा फिल्म साइन गरे । अनि पिताकै रेखदेखमा छायाङ्कनस्थलमा उत्रिए। दृश्यमा यिनीहरू थिए । तर, यिनीहरूलाई चलाउने अदृश्य हात पिताहरूको थियो ।

यिनीहरू हुर्कँदै गर्दा सायद सोधिएन, ‘तिमी के बन्छौ ?’

बरु यिनीहरूका पिताले अघि सरेर भनिदिए, ‘मेरो छोरो हिरो बन्छ ।’

यसरी अनमोल र समीरले आफ्ना पिताको अधुरो रहर बोकेर सिनेमा जगतमा  पाइला राखे । उनीहरूलाई यहाँ अवसरले मात्र पर्खिरहेको थिएन, उत्तिकै चुनौतीले पनि । किनभने आफ्ना पिताको विरासत बोकेर सिनेमामा आएका यिनीहरूलाई दर्शकले अनमोल वा समीर भनेर चिनेनन् । ‘फलानोको छोरो’ भनी औँल्याए ।

त्यही कारण दुवैको करियरको प्रवेशविन्दु त्यहाँबाट सुरु हुन्थ्यो, जहाँ यिनीहरूका पिता उभिएका थिए । यो रेखामा दौडँदा यिनीहरूले अपेक्षाको गह्रौँभन्दा गह्रौँ भारी बोक्नुपर्थ्यो ।

यद्यपि, दुवैको सरस्वती दाहिना भइदिइन् । सुरुवाती फिल्मबाट दर्शकको अपार माया बटुले ।

ठ्याक्कै १३ वर्षअघि, वर्षातको मौसम थियो। सिनेमा घरको भित्तामा ‘होस्टल’ फिल्मको ब्यानर टाँसिएको थियो । त्यसैमा टाँसिएका थिए, कलकलाउँदा नायक अनमोल केसी ।

किशोर पुस्ताको प्रेम, करियर र आपसी नोकझोँकमा बुनिएको कथा लिएर आएको यो फिल्मको मुख्य गुरुत्वबल थिए उनै अनमोल ।

‘भुवन केसीको छोरोले खेलेको’ भन्दै उनकै छिमलका किशोर–किशोरी टिकटको लाइनमा अधैर्यसाथ उभिन पुगे । अङ्कल पुस्ताका ‘हिरो’ झेलिरहेका यिनीहरूले आफ्नै उमेर समूहको हिरोलाई हार्दिकतापूर्वक स्वागत गरे । शोभित बस्नेत मार्काका फिल्मले भड्किएका युवा दर्शकलाई अनमोलले नै हलमा एकत्रित गरे ।

जब-जब उनको फिल्म प्रदर्शनमा आए, प्लस टु पुस्ताले हल हराभरा हुन थाले ।

यसरी अनमोलको फिल्मी करियर दक्षिण भारतीय फिल्ममा हिरोको इन्ट्री भएजस्तै जोडदार र शानदार भइदियो ।

अनमोलले फिल्ममा एक दशक लामो यात्रा गरिसकेपछि बल्ल समीर भट्टको पदार्पण भयो । उनको पदार्पण यसरी भयो कि अलिअलि धर्ती हल्लियो। परेवाहरू भुर्र उडे । भुइँका धुलो र पातहरू हावामा भुमरी बने । अनि उनी गर्जिए, ‘इलाका तेरो, सिंहासन तेरो तर राज मेरो ।’

८० को दशकमा बन्ने एक्सन ड्रामा हिन्दी सिनेमाको ट्रेडमार्क लागेको डाइलगलाई नवीकरण गर्दै उनको उदय भयो । डाइलग त पुरानै थियो, तर उनी नयाँ थिए । दर्शकले नयाँ हिरोलाई जोडदार स्वागत गरे ।

अग्लो कद, सुगठित ज्यान। द्वन्द्व र नृत्यकलामा पोख्त । कलाको एउटा राम्रो प्याकेज बनेर उनी देखा परे । त्यसअघिसम्म सिनेमा उद्योगमा उनको कुनै चालचुल थिएन । उनका पिता पनि करियर उत्कर्षमा रहँदै गाढा निलो, रातो पहिरन लगाएर भोजपुरी फिल्मतिर हान्निएका थिए ।

विराजलाई त दर्शकले चिन्थे । तर, उनको परिवारबारे बेखबर थिए । त्यसैले जब ‘१२ गाउँ’मा ‘इलाका तेरो, धमाका मेरो’ शैलीमा उनले छोरोलाई उतारे, मानौँ कुनै जादुगरले छडी घुमाएर चमत्कार गरेजस्तै भयो ।

फिल्मले भन्दा बढी हाइप समीरले पाए । किनभने दर्शकहरू फिल्मभन्दा बढी फिल्मका हिरो हेर्न ओइरिए । यसरी पहिलो फिल्मबाटै समीर आकर्षणको स्पटलाइटमा उभिए ।

अभिनेता अनमोल केसी र समीर भट्ट लगभग २६ दिनको अन्तरालमा सिनेमाघर प्रवेश गर्दैछन् । यी दुईमध्ये कसको फिल्म बढी चल्छ? यो रोचक प्रश्न हो ।

किन रोचक भने, यी दुवै अहिलेका ‘हटकेक’ हुन् । बाहिरबाट झट्ट हेर्दा यिनीहरू एकअर्काका कडा प्रतिस्पर्धी जस्ता पनि देखिन्छन् । यतिबेला भुवन केसी र विराज भट्टलाई के दबाब परेको हुन सक्छ भने, आ–आफ्ना छोरालाई ‘कोभन्दा को कम’ शैलीमा उतार्नुपर्ने । यो उनीहरूको इगोको मात्र प्रश्न भइदिएन, अभिभावकत्वको जिम्मेवारी पनि भइदियो ।

तर समीर र अनमोल आफैँमा फरक जनराका हिरो हुन् । समीर एक्सन नायकका रूपमा आफूलाई उभ्याउने तयारीमा छन् भने अनमोलले लभर ब्वाईको छवि बनाइसकेका छन् । अर्थात्, दुवै फरक कित्तामा उभिएका छन् । उनीहरूको धरातल फरक छ । आकाश फरक छ। र, गन्तव्य पनि ।

त्यसैले दर्शकले समीर र अनमोललाई प्रतिस्पर्धीका रूपमा होइन, दुई फरक प्याकेजका रूपमा हेर्नेछन् । उनीहरूबाट फरक भूमिका र स्वाद खोज्नेछन् । जहाँ समीरको फिल्म ब्लकबस्टर हुन्छ, त्यहाँ अनमोलका दर्शक पनि ओइरिन सक्छन् । किनभने दर्शकको स्वाद पनि आफैँमा विभाजित छ । कसैलाई प्रेमकथा मन पर्छ, कसैलाई द्वन्द्वकला ।

तर उनीहरू अब रहस्यका पोका रहेनन्, जसको झलक हेर्न मात्र दर्शकहरू हलमा आइदिन्छन् । फिल्मको कथा, प्रस्तुति, अभिनयजस्ता तत्वहरू महत्त्वपूर्ण हुनेछन् । उनीहरू कस्ता छन्, कस्तो फिल्म खेले भनेर मात्र दर्शक आउनेवाला छैनन् । दर्शकसँग अब एउटै प्रश्न बाँकी रहनेछ, ‘फलानो फिल्म कस्तो छ ?’

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
बाटुलो जून: अनमोलको फरक लुक्सको चर्चा, बक्स अफिसमा पहिलो दिन डेढ करोडको व्यापार

बाटुलो जून: अनमोलको फरक लुक्सको चर्चा, बक्स अफिसमा पहिलो दिन डेढ करोडको व्यापार

भुवन केसीको निर्माण तथा निर्देशन रहेको चलचित्रले देशभरका सिनेमा हलमा उत्साहजनक दर्शक उपस्थिति पाएको हो।

#अनमोल #केसी
Compare →
Ekantipur
1w ago
‘बाटुलो जून’को ट्रेलरमा अनमोलको फरक अवतार

‘बाटुलो जून’को ट्रेलरमा अनमोलको फरक अवतार

भूवन केसी निर्देशित फिल्ममा अनमोल केसी गाउँका शिक्षकको भूमिकामा छन्, जहाँ प्रेम, सामाजिक कथा र दुई पुस्ताको कथा प्रस्तुत गरिएको छ।

#अनमोल #केसी
Compare →
Hamro Patro News
1w ago
ग्रामीण परिवेशको चरित्रमा देखिए अनमोल, 'बाटुलो जून'को ट्रेलर सार्वजनिक

ग्रामीण परिवेशको चरित्रमा देखिए अनमोल, 'बाटुलो जून'को ट्रेलर सार्वजनिक

फिल्म 'बाटुलो जून'को ट्रेलर सार्वजनिक भएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच भुवन केसी निर्देशित फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अनमोल केसी र नव-अभिनेत्री प्रिन्सी खतिव...

#अनमोल #केसी
Compare →
Bizshala
1w ago
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए शपथ

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए शपथ

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।केसीले...

#केसी
Compare →

Related Stories

National (Nepal)
Build #2611