Trending
Prev Story
Next Story

चोटका कारण साकाले एभर्टनविरुद्धको खेल गुमाउने

Ekantipur •
October 24, 2026 • 05:00 AM
2
2 reads 0 reactions

बायर्नविरुद्ध खेलको दसौँ मिनेटमै मैदान छाडेका साकाको चोट कति गम्भीर छ भन्ने थप परीक्षणपछि मात्रै स्पष्ट हुनेछ।

चोटका कारण साकाले एभर्टनविरुद्धको खेल गुमाउने

बायर्नविरुद्ध खेलको दसौँ मिनेटमै मैदान छाडेका साकाको चोट कति गम्भीर छ भन्ने थप परीक्षणपछि मात्रै स्पष्ट हुनेछ।

काठमाडौँ — आर्सनलका विङ्गर बुकायो साकाले चोटका कारण शनिबार एभर्टनविरुद्धको प्रिमियर लिग खेल गुमाउने भएका छन् । कम्मरमा लागेको चोटको गम्भीरता पत्ता लगाउन थप परीक्षण गरिने प्रशिक्षक मिकेल आर्टेटाले बताएका छन् ।

२५ वर्षीय साकालाई बुधबार बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग खेलमा चोट लागेको थियो । उक्त खेल २–२ गोलको बराबरीमा सकिएको थियो । खेलको १०औँ मिनेटमा चोट लागेपछि उनी मैदान छाड्न बाध्य भएका थिए ।

आर्टेटाका अनुसार साकाको जाँघमा तरल पदार्थ जमेकाले चोटको गम्भीरता तत्काल यकिन गर्न कठिन भएको छ । उनको एमआरआईसहित थप परीक्षण गरिनेछ ।

विशेषज्ञ चिकित्सकको रायपछि मात्रै चोटको अवस्थाबारे स्पष्ट हुने आर्टेटाले बताएका छन् । खेलाडीको व्यस्त खेलतालिकाप्रति पनि आर्टेटाले चिन्ता व्यक्त गरेका छन् ।

लगातारका खेलले खेलाडीमाथि शारीरिक दबाब बढाइरहेको भन्दै उनले सम्बन्धित निकायलाई खेलाडीको स्वास्थ्यमा थप ध्यान दिन आग्रह गरेका छन् ।

विनयज्योति सापकोटा कान्तिपुर टेलिभिजनका खेलकूद संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ । चर्चित निर्माता तथा निर्देशक सञ्जय गुप्ताको ५७ वर्षको उमेरमा निधन भएको छ । अक्टोबर ३० मा आफ्नै घरमा लडेर टाउकोमा गम्भीर चोट लागेका ...

#चोट
Compare →

Related Stories

Sports
Build #2611