Trending
Prev Story
Next Story

सप्तरीमा सामूहिक बला*त्कारमा संलग्न भएको आरोपमा ३ युवा पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

७ कात्तिक, ‎सप्तरी । सप्तरीको सुरूङ्गा नगरपालिका-९ टिकुलियामा एक २५ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको आरोप लागेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना युवकको खोजी गरिरहेको छ। ‎सिरहा जिल्ला घर भएकी ती …

सप्तरीमा सामूहिक बला*त्कारमा संलग्न भएको आरोपमा ३ युवा पक्राउ

७ कात्तिक, ‎सप्तरी । सप्तरीको सुरूङ्गा नगरपालिका-९ टिकुलियामा एक २५ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको आरोप लागेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना युवकको खोजी गरिरहेको छ।

‎सिरहा जिल्ला घर भएकी ती महिला विजयादशमी मनाउन बहिनीको घरमा आएकी थिइन् । गत बुधबार दुर्गा पूजाको मूर्ति जलप्रवाहका लागि गाउँबाट पश्चिमतर्फको बलान नदी पुगेकी उनी जलप्रवाहपछि ट्याक्टरमा फर्किंदै थिइन्। बाटोमा ट्याक्टरको डिजेल सकिएर रोकिएपछि उनी एक्लै पैदल घरतर्फ जाने क्रममा घटनामा परेको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

‎प्रहरीका अनुसार बाटोछेउमा बसेका तीन जना युवकले महिलालाई नियन्त्रणमा लिएर मुख थुनी नजिकैको आँपको बगैँचामा लगेर पालैपालो जबर्जस्ती करणी गरेको आरोप छ। त्यसपछि उनीहरू महिलालाई बेहोस अवस्थामा छाडेर फरार भएको पीडितले बताएकी छन्।

‎अबेरसम्म घर नपुगेपछि खोजीमा निस्किएका आफन्त र स्थानीयवासीले उनलाई घटनास्थलबाट उद्धार गरेका थिए।

‎पीडित परिवारका अनुसार घटनापछि गाउँका केही अगुवाले घटना सामसुम पार्न विभिन्न प्रलोभन दिएको आरोपसमेत लगाएका छन्। सो घटनामा गाउँकै तीन जना मुस्लिम थरका युवाहरूको संलग्नता रहेको एक जना १९ वर्षीय युवा र दुई जना २१ मुनिको रहेको बताएको छ ।

‎घटनाबारे पीडितले ५ गते बिहीबार साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएकी थिइन्।

‎जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काले घटनामा संलग्न भएको आरोप लागेका व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूलाई नियन्त्रणमा लिन खोजी भइरहेको साथै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
दुई बालिका बलात्कारमा संलग्न चार जना पक्राउ

दुई बालिका बलात्कारमा संलग्न चार जना पक्राउ

काठमाडौं– १५ र १६ वर्षकी दुई जना बालिका बलात्कारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर र पाल्पामा बालिका बलात्कारमा संलग्न उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रह...

#संलग्न #त्कार
Compare →
Ekantipur
10h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको आजै सामूहिक अन्त्येष्टि गरिने

भीमफेदी दुर्घटनाका १३ मृतकको आजै सामूहिक अन्त्येष्टि गरिने

पीडित पक्ष र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच सहमति भएपछि पोस्टमार्टम र शव बुझाउने प्रक्रिया अघि बढेको हो।

#सामूहिक
Compare →
Nagarik News
2d ago
अभिभावकविहीन बालबालिकाले यसरी मनाए सामूहिक भाइटीका

अभिभावकविहीन बालबालिकाले यसरी मनाए सामूहिक भाइटीका

यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन्।

#सामूहिक
Compare →

Related Stories

National (Nepal)
Build #2612