Trending
Prev Story
Next Story

पाकिस्तानी पेस बलर हुनेन शाहले जनकपुरबाट एनपीएल खेल्ने

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions 4 comments

७ कात्तिक, काठमाडौं । पाकिस्तानी पेस बलर हुनेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्। २२ वर्षीय दायाँहाते बलर हुनेन पाकिस्तानका तीव्र गतिका बलर नसीम शाहका भाइ हुन्। जनकपुरले उनलाई …

पाकिस्तानी पेस बलर हुनेन शाहले जनकपुरबाट एनपीएल खेल्ने

७ कात्तिक, काठमाडौं । पाकिस्तानी पेस बलर हुनेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्।

२२ वर्षीय दायाँहाते बलर हुनेन पाकिस्तानका तीव्र गतिका बलर नसीम शाहका भाइ हुन्। जनकपुरले उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ। हुनेनले आफ्नो तीव्र गति र योर्करमार्फत टोलीको बलिङ आक्रमणलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

हुनेनले प्रथम श्रेणी क्रिकेटमा १५ खेल खेल्दै ४० विकेट लिएका छन्। लिस्ट ए क्रिकेटमा नौ खेलबाट १४ विकेट लिएका उनले सबैखाले टी–२० क्रिकेटमा ५२ खेल खेल्दै ६१ विकेट लिएका छन्। टी–२० मा उनको उत्कृष्ट प्रदर्शन २२ रन दिएर चार विकेट हो।

लिस्ट ए क्रिकेटमा उनले २६ रन दिएर छ विकेट लिएका छन्। प्रथम श्रेणीमा उनको उत्कृष्ट बलिङ ८४ रन दिएर पाँच विकेट हो।

जनकपुरले एनपीएलको तेस्रो संस्करणका लागि यसअघि हर्मीत सिंहलाई अनुबन्ध गर्दै कप्तान बनाएको छ ।

यस्तै जिमी नीशम टोलीमा फर्किएका छन् भने इंग्ल्यान्डका मोइन अली र पाकिस्तानका इफ्तिखार अहमदलाई पनि अनुबन्ध गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Arthasansar
5h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Nagarik News
12h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
5h ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल #जनकपुर
Compare →

Related Stories

Sports
Build #2611