काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी साता देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत भई उत्तर-पश्चिम सर्ने क्रममा नेपालको मौसममा प्रभाव पार्ने देखिएको छ।
महाशाखाका अनुसार कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालमा मौसम बदली भई वर्षा र हिमपात हुने सम्भावना छ। विभागले जारी गरेको विशेष बुलेटिनमा प्रणालीको प्रभाव र जोखिमको स्तर यकिन गर्न कठिन भए पनि कृषि तथा पर्यटन क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।
Read full story at source ( nepalnews.com )