Trending
Prev Story
Next Story

बालिका र युवकमाथि दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ

Nagarik News •
October 24, 2026 • 12:38 AM
1
1 reads 0 reactions

उनीहरूले अभिभावकलाई फोन गरी धम्क्याउँदै मोबाइल बैंकिङमार्फत रु छ हजारसमेत स्थानान्तरण गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बालिका र युवकमाथि दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ

प्रहरीले आपराधिक लाभ लिन खोजेको तथा बाल यौनदुरुपयोगको कसुरमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका-२० का २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोषकुमार दास, २२ वर्षीय पनेशकुमार महतो र ३० वर्षीय सुजित महतोलाई पक्राउ गरेको जानकारी दिएका छन् ।

उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका-२० मा एक बालिका र एक युवकमाथि दुर्व्यवहार गर्दै भिडियो बनाई सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । आरोपितहरूले पीडितलाई घेरा हाली भिडियो बनाउनुका साथै उक्त भिडियो सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्की दिएका थिए ।

उनीहरूले अभिभावकलाई फोन गरी धम्क्याउँदै मोबाइल बैंकिङमार्फत रु छ हजारसमेत स्थानान्तरण गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट ज १२ प ७७७७ र मधेश प्रदेश ०२-०१ प २९०२ नम्बरका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूमाथि आपराधिक लाभ लिन नहुने तथा बाल यौनदुरुपयोगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित: ७ कार्तिक २०८३ ०६:२३ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
भीमफेदी दुर्घटना अपडेटः बालिका जीवितै फेला

भीमफेदी दुर्घटना अपडेटः बालिका जीवितै फेला

हेटौँडा । मकवानपुरको भीमफेदी–६ चिसापानी गढीस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडकखण्डमा इभी दुर्घटनामा थप एकको जीवितै उद्धार गरिएको छ । ‘भर्खरै बालिका फेला पारेर उद्धारपछि उपचारका लागि हेटौँडा अस्पता...

#बालिका
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटना : मृतकमध्ये ५ पुरुष, ३ महिला र २ बालिका

भीमफेदी दुर्घटना : मृतकमध्ये ५ पुरुष, ३ महिला र २ बालिका

२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको निधन भएको छ। निधन हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन्। मकवान प्रहरीका अनुसार दुर्घटनामा ५ जना …

#बालिका
Compare →
Ekantipur
2d ago
इनरुवामा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच जना घाइते

इनरुवामा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच जना घाइते

सुनसरीको इनरुवास्थित बलाहामा मोटरसाइकल, स्कुटर र साइकल आपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको हो ।

#बालिका
Compare →

Related Stories

World News
Build #2611