Trending
Prev Story
Next Story

जाजरकोट–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

Ekantipur •
October 23, 2026 • 04:00 PM
2
2 reads 0 reactions

हाल ४१ सिट क्षमताका छवटा बसमार्फत सेवा सञ्चालन भइरहेको छ ।

जाजरकोट–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

हाल ४१ सिट क्षमताका छवटा बसमार्फत सेवा सञ्चालन भइरहेको छ ।

जाजरकोट — जाजरकोटको सदरमुकाम खलंगाबाट काठमाडौंसम्म पहिलोपटक अत्याधुनिक सुविधासहितको रात्रिबस सेवा सञ्चालनमा आएको छ। लामो दूरीको यात्रालाई सहज, सुरक्षित र आरामदायी बनाउने उद्देश्यले सुरु गरिएको सेवाले राजधानी आवतजावत गर्ने यात्रुलाई नयाँ विकल्प दिएको छ।

जाजरकोट डोल्पा यातायात सेवा प्रालि, मध्यपश्चिम यातायात सेवा प्रालि र सुर्खेत काँक्रेविहार यातायात सेवा प्रालिको संयुक्त पहलमा रात्रिबस सेवा सुरु गरिएको हो।

सेवाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी नवराज बरालले लामो दूरीमा सञ्चालन हुने अत्याधुनिक सुविधासम्पन्न बसले यात्रुलाई सहजता प्रदान गर्नुका साथै यात्रा सुरक्षित र भरपर्दो बनाउन सहयोग पुग्ने बताए। यात्रुको सुविधालाई प्राथमिकता दिँदै गुणस्तरीय यातायात सेवा सञ्चालन गर्नु सकारात्मक भएको उनको भनाइ थियो।

जाजरकोट डोल्पा यातायात सेवा प्रालिका कार्यालय प्रमुख लोकेन्द्र चन्दका अनुसार हाल ४१ सिट क्षमताका छवटा बसमार्फत सेवा सञ्चालन भइरहेको छ। प्रतिगाडी एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने बसमा यात्रुको सुविधालाई ध्यानमा राखेर विभिन्न आधुनिक प्रविधि र सुविधा जडान गरिएको छ।

बसमा भीआईपी सिट, स्लिपर सिट, खानेपानी, सीसीटीभी क्यामेरा, एलईडी डिस्प्ले र निःशुल्क इन्टरनेटको सुविधा उपलब्ध छ।

सरकारले तोकेको जाजरकोट–काठमाडौं भाडादर चार हजार ६६ रुपैयाँ भए पनि हाल यात्रुलाई तीन हजार पाँच सय रुपैयाँमै सेवा उपलब्ध गराइएको चन्दले बताए।

हवाई यातायातको भाडा बढ्दै गएको अवस्थामा सुविधासम्पन्न बसमा तुलनात्मक रूपमा कम खर्चमा काठमाडौं जान पाउँदा खुसी लागेको स्थानीय नगेन्द्र शाहले बताए।

'तीन हजार पाँच सय रुपैयाँमै सुविधासम्पन्न बसमा काठमाडौं जान पाउनु यात्रुका लागि खुसीको कुरा हो,' शाहले भने।

हाल सदरमुकाम खलंगाबाट मात्रै सञ्चालन भइरहेको सेवा आगामी दिनमा नलगाड नगरपालिकाको तल्लुबगर र कालीमाटीसम्म विस्तार गर्ने योजना रहेको चन्दले जानकारी दिए।

Prev Swipe Story Next

Related Stories

World News
Build #2612