Trending
Prev Story
Next Story

क्षतिग्रस्त सडक र सुरक्षित आवासको पुनर्निर्माण छिट्टै हुन्छ : मन्त्री लम्साल

Nagarik News •
October 23, 2026 • 03:11 PM
1
1 reads 0 reactions

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्का कारण क्षतिग्रस्त यहाँका सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्ने बताएका छन्।

क्षतिग्रस्त सडक र सुरक्षित आवासको पुनर्निर्माण छिट्टै हुन्छ : मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्का कारण क्षतिग्रस्त यहाँका सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्ने बताएका छन्।

आज पश्चिम बागलुङको बाढीपहिरो संकटग्रस्त क्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री लम्सालले क्षतिग्रस्त मध्यपहाडी लोकमार्गको पुनर्निर्माण पहिलो प्राथमिकता रहेको बताएका हुन्। मन्त्री लम्सालले बाढीपहिरोबाट घरबारविहीनलाई सुरक्षित स्थानमा आवास बनाउने सरकारको योजना अघि बढेको बताए।

उनले बाढीपहिरोका पीडितलाई खानपानका लागि मासिक रु. १५ हजार राहतको पहिलो किस्ता निकासाको चरणमा रहेको र बागलुङका प्रत्येक छ पालिकाको विपद् व्यवस्थापन कोषमा रु. ४० लाखका दरले रकम पठाउने तयारी भइरहेको पनि जानकारी दिएका छन्।

उनले बाढीग्रस्त क्षेत्र गलकोटस्थित दरमखोला आसपास क्षेत्र, बढिगाड, निसीखोला, ढोरपाटनको बुर्तिवाङ, निसीखोला गाउँपालिकाको झिवाखोला र कानाबगरलगायतको स्थलगत निरीक्षण गरेका थिए।

मन्त्री लम्सालसँगै बागलुङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सोम शर्मा, पूर्वाधार मन्त्रालयका सचिव पदम मैनाली, सडक विभागका महानिर्देशक डा. विजय जैसी, बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य तथा सडक बोर्डका सदस्य अर्जुन श्रेष्ठलगायत सहभागी थिए।

क्षतिग्रस्त सडकको पुनर्निर्माणका लागि आवश्यक योजना, प्राविधिक मूल्याङ्कन तथा सम्बन्धित निकायबाट गर्नुपर्ने पहलका विषयमा संकट भोगेका पालिकाका जनप्रतिनिधिसँग छलफल गरिएको थियो।

सरकारले पुनर्निर्माण र राहतका लागि बागलुङको गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकालाई संकटग्रस्त क्षेत्रका रूपमा घोषणा गरेको छ। रासस

प्रकाशित: ६ कार्तिक २०८३ २०:५६ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
क्षतिग्रस्त विपी राजमार्गमा जाइकाले सुरू गर्यो पुनर्निर्माण

क्षतिग्रस्त विपी राजमार्गमा जाइकाले सुरू गर्यो पुनर्निर्माण

प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै अन्य तीन खण्डमा पुनःनिर्मा...

#क्षतिग्रस्त #पुनर्निर्माण
Compare →
Ekantipur
1d ago
कोप–३१ मा राष्ट्रसंघ प्रमुखसँग नेपालको बाढीपछिको पुनर्निर्माण र जलवायु वित्तबारे छलफल

कोप–३१ मा राष्ट्रसंघ प्रमुखसँग नेपालको बाढीपछिको पुनर्निर्माण र जलवायु वित्तबारे छलफल

कोप–३१ को साइडलाइनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी विपद्पछिको पुनर्निर्माण, जलवायु वित्त वृद्धि र बहुपक्षीय सहकार्य सुदृढ गर्ने विषय उठाएका छन् ।

#पुनर्निर्माण
Compare →
Onlinekhabar
1d ago
महँगी र आवास संकटविरुद्ध स्पेनमा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप

महँगी र आवास संकटविरुद्ध स्पेनमा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप

२६ कात्तिक, काठमाडौं । बढ्दो आवास लागत र मुद्रास्फीतिको विरोधमा स्पेनमा १४ वर्षमा पहिलो पटक आम हडतालको क्रममा बार्सिलोनामा नकाबधारी समूह र प्रहरीबीच झडप भएको छ। देशका प्रमुख श्रमिक संगठनहरूको आह्वानमा भएको हडतालमा राजधानी म्याड्रिडमा करिब …

#आवास
Compare →

Related Stories

Politics & Governance
Build #2611