Trending
Prev Story
Next Story

उत्तर कोरियासँग सैन्य वार्ता गर्न दक्षिण कोरियाको नयाँ पहल

Nagarik News •
October 23, 2026 • 12:09 PM
1
1 reads 0 reactions

दुई देशबिचको सैन्य सीमा रेखाको वास्तविक स्थान पहिचान गर्ने, सैन्य सञ्चार सेवा पुनःस्थापना गर्ने र सीमाक्षेत्रमा आकस्मिक झडप रोक्ने उपायबारे छलफल गर्नु वार्ताको मुख्य उद्देश्य रहेको दक्षिण कोरियाले जनाएको छ।

उत्तर कोरियासँग सैन्य वार्ता गर्न दक्षिण कोरियाको नयाँ पहल

दक्षिण कोरियाले सीमा क्षेत्रमा बढ्दो तनाव कम गर्न उत्तर कोरियासँग सैन्य वार्ता गर्ने प्रस्ताव गरेको छ।

दुई देशबिचको सैन्य सीमा रेखाको वास्तविक स्थान पहिचान गर्ने, सैन्य सञ्चार सेवा पुनःस्थापना गर्ने र सीमाक्षेत्रमा आकस्मिक झडप रोक्ने उपायबारे छलफल गर्नु वार्ताको मुख्य उद्देश्य रहेको दक्षिण कोरियाले जनाएको छ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका अधिकारी किम होङ-चियोलले शुक्रबार वार्ताको औपचारिक प्रस्ताव सार्वजनिक गरेका हुन्। उनले वार्तामार्फत दुवै देशले सैन्य सीमा रेखाको स्थानबारे साझा बुझाइ बनाउन सक्ने बताएका छन्। आवश्यक परे संयुक्त राष्ट्रसंघ कमान्डलाई समेत छलफलमा सहभागी गराउन सकिने उनले बताए। वार्ताको मिति र स्थान उत्तर-दक्षिण सीमामा रहेको पानमुन्जोम गाउँमार्फत तय गर्न सकिने उनको भनाइ छ।

दुई कोरियाबिचको असैनिकीकृत क्षेत्रमा गत सेप्टेम्बरमा बारुदी सुरुङ विस्फोट हुँदा दक्षिण कोरियाका तीन सैनिक घाइते भएका थिए। दक्षिण कोरियाले उक्त सुरुङ उत्तर कोरियाले बिछ्याएको आरोप लगाउँदै घटनाको जिम्मेवारी लिन र माफी माग्न आग्रह गरेको छ। तर, उत्तर कोरियाले आरोप अस्वीकार गर्दै आएको छ। घटनापछि सीमाक्षेत्रमा तनाव थप बढेको छ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले सीमा रेखाको वास्तविक स्थान स्पष्ट नहुँदा दुवै देशका सैनिकले फरक बुझाइका आधारमा काम गर्न सक्ने र त्यसले आकस्मिक झडपको जोखिम बढाउने बताएको छ। मन्त्रालयका अनुसार सीमा क्षेत्रमा पछिल्लो समय भएका चेतावनी प्रसारण र अन्य सैन्य गतिविधिसमेत सीमा रेखाको स्थानबारे रहेको अनिश्चिततासँग सम्बन्धित छन्।

उत्तर कोरियाले पछिल्ला वर्षमा सीमाक्षेत्रमा सडक, बार र अन्य सैन्य संरचना निर्माण गर्नुका साथै बारुदी सुरुङ बिछ्याउँदै आएको छ। उत्तर कोरियाली नेता किम जोङ-उनले दक्षिण कोरियासँगको सम्बन्धप्रति कडा नीति अपनाएपछि दुई देशबिचको संवाद र सहकार्य लगभग ठप्प छ।

उत्तर कोरियाले सीमाक्षेत्रमा सैन्य गतिविधि बढाइरहेको अवस्थामा दक्षिण कोरियाले वार्ताको प्रस्ताव गरेको हो।

दक्षिण कोरियाले गत नोभेम्बरमा पनि सैन्य सीमा रेखाको स्थानबारे सहमति जुटाउन वार्ताको प्रस्ताव गरेको थियो। तर, उत्तर कोरियाले त्यसको जवाफ दिएको थिएन। दक्षिण कोरियाले यसपटक भने उत्तरबाट सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरेको जनाएको छ। यद्यपि, उत्तर कोरिया वार्तामा सहभागी हुन तयार हुन्छ कि हुँदैन भन्ने स्पष्ट भइसकेको छैन।

यसअघि दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियालाई वार्तामा फर्कन आग्रह गरेका थिए। तर, उत्तर कोरियाली नेता किम जोङ-उनकी बहिनी किम यो-जोंगले दक्षिण कोरियाको वार्तासम्बन्धी प्रस्तावको आलोचना गरेकी थिइन्।

प्रकाशित: ६ कार्तिक २०८३ १७:५४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

टर्किए । नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा...

#कोरिया #दक्षिण
Compare →
Onlinekhabar
3d ago
उत्तर भारतमा शाकाहारी, दक्षिणमा मांसाहारी : खानपान परम्परा कसरी फरक ?

उत्तर भारतमा शाकाहारी, दक्षिणमा मांसाहारी : खानपान परम्परा कसरी फरक ?

दक्षिण भारतका धेरै ठाउँमा दीपावलीको बिहान मटन करी खाने परम्परा छ । दीपावलीलाई सामान्यतया उत्तर भारतको पर्व मानिए पनि समयक्रमसँगै यो दक्षिण भारतमा पनि लोकप्रिय पर्वका रूपमा स्थापित भएको छ । अहिले दक्षिण भारतमा पनि दीपावली …

#दक्षिण #उत्तर
Compare →
Ekantipur
57m ago
नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको उक्त सम्झौताले दुई देशबीच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविधि हस्तान्तरण, जलवायु अनुकूलन तथा दिगो विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

#कोरिया #दक्षिण
Compare →
Bizshala
11h ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#उत्तर #कोरिया
Compare →

Related Stories

World News
Build #2611