काठमाडौं- जल तथा मौसम विज्ञान विभाले आगामी एक साताको साप्ताहिक मौसमी परिदृश्य सार्वजनिक गरेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद्ले मौसम विज्ञान विभागसँगको सहकार्यमा सार्वजनिक गरेको बुलेटिनका अनुसार साताको सुरू (शुक्रवार र शनिवार ) र मध्य (आइतवार , सोमवार र मंगलवार) मा देशभरको मौसम सामान्य रहे पनि साताको अन्त्य (बुधवार र बिहिवार) मा भने देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । यस साता देशभर अधिकतम र न्यूनतम दुवै तापक्रम हल्का घट्ने पूर्वानुमान गरिएको छ, जसले गर्दा देशभर चिसो क्रमशः बढ्ने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )