काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता थियो–यसपालि उपत्यका छाडेर घर जान पाइएला कि नपाइएला ? दसैँ आउनुअघिका सातामा लगातार परेको पानीले उनको मनमा आशङ्का उब्जाएको थियो । कतै बाटो बिग्रिने हो कि, कतै यात्रा नै कष्टकर हुने हो कि ! विगतका दसैँमा झरीले दिएको सास्ती सम्झँदा यसपालि पनि घर जाने यात्रा सहज होला भन्नेमा उनी ढुक्क हुन सकेकी थिइनन् ।
दसैँ नजिकिँदै जाँदा मौसम खुल्यो । आकाशमा घाम लाग्यो । दिन उज्यालो हुँदै गए । दसैँ मा घर जाने बाटो सहज हुने भएपछि राईको मन फुरुङ्ग भयो । “प्रायः दसैँ मा र दसैँको अघिपछि वर्षा हुँदा जानआउन नै सास्ती खेप्नुपथ्र्यो । यस पटक त त्यस्तो भएन, रमाइलो लागिरहेको छ,” उनी भन्छिन्, “दसैँमा खुलेको मौसमले मन रमाउनुका साथै आवतजावतका लागि बाटो सहज हुने रहेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )