Trending
Prev Story
Next Story

कास्की प्रहरीको सक्रियता : असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ

Nagarik News •
October 21, 2026 • 05:22 AM
2
2 reads 0 reactions

प्रहरीको सक्रियतासँगै गत असोज महिनामा कास्कीमा ३२ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

कास्की प्रहरीको सक्रियता : असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ

प्रहरीको सक्रियतासँगै गत असोज महिनामा कास्कीमा ३२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका २३ जना पुरुष र नौ महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।

पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

प्रतिवादीहरूबाट कूल १२ वर्ष छ महिना आठ दिन कैद र रु १६ लाख ६६ हजार ९७२ बिगो असुलउपर भएको उनको भनाइ छ। चेक अनादर, बिगो लेनदन, बैङ्किङ कसुर, सवारी ज्यान कसुर, अभद्र व्यवहारलगायत कसुरमा अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले पछिल्लो समय फरार प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको छ। गत भदौ महिनामा ५६ जना फरार प्रतिवादी पक्राउ परेका थिए। कार्यालयले गत महिना चालु मुद्दामा ११२ जनालाई पक्राउ गरिएको जनाएको छ।

असोजमा अपराधसँग सम्बन्धित १५९ वटा मुद्दा दर्ता भएका थिए। तीमध्ये जघन्य तथा गम्भीर अपराधका २५, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका सात, आर्थिक अपराधका २४ र अन्य अपराधसँग सम्बन्धित १०३ मुद्दा दर्ता भएका छन्। सोही अवधिमा सामाजिक हिंसाका ६९ वडा ठाडो उजुरी परेको प्रहरीले जनाइएको छ।

प्रकाशित: ४ कार्तिक २०८३ ११:०७ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
जेनजी आन्दोलनका क्रममा फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनका क्रममा फरार प्रतिवादी पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इनरुवा नगरपालिका ९ का २० वर्षीय आकाशकुमार खत्वेलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । खत्वे जबरजस्ती करणी म...

#फरार #प्रतिवादी
Compare →
Onlinekhabar
5d ago
डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो

२२ कात्तिक, डोल्पा । जिल्ला कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँभन्दा माथिको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-४ …

#फरार #परे
Compare →
Ekantipur
16h ago
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोजमा मात्रै मुटुका सातवटा जटिल अप्रेसन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोजमा मात्रै मुटुका सातवटा जटिल अप्रेसन

चालु आर्थिक वर्षको असोजमा १ सय ९७ जना बिरामीले मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा प्राप्त गरेका थिए । तीमध्ये १ सय ९० जनाले ओपीडीमार्फत सेवा लिएका छन् भने सात जनाको अप्रेसन भएको छ ।

#असोज
Compare →

Related Stories

National (Nepal)
Build #2612