Trending
Prev Story
Next Story

चितवनको टाँडीमा एथरको १७औँ एक्सपेरियन्स सेन्टर सञ्चालन, स्कुटर खरिदमा एक लाखसम्म क्यासब्याक

Bizshala •
November 26, 2026 • 12:06 PM
0
0 reads 0 reactions

काठमाण्डौ । विद्युतीय स्कुटर ब्रान्ड एथरले चितवनको रत्ननगरस्थित टाँडीमा आफ्नो १७औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा...

चितवनको टाँडीमा एथरको १७औँ एक्सपेरियन्स सेन्टर सञ्चालन, स्कुटर खरिदमा एक लाखसम्म क्यासब्याक

काठमाण्डौ । विद्युतीय स्कुटर ब्रान्ड एथरले चितवनको रत्ननगरस्थित टाँडीमा आफ्नो १७औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ।

नेपालका लागि एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले बिहीबार नयाँ एक्सपेरियन्स सेन्टर उद्घाटन गरेको हो।

डाइनामिक इनर्जी प्रालिमार्फत सञ्चालनमा आएको यो सेन्टर चितवनमा उक्त कम्पनीको दोस्रो डिलरसिप हो। यसअघि कम्पनीले चितवनको आस्था चोकमा एथर एक्सपेरियन्स सेन्टर सञ्चालन गर्दै आएको थियो।

नयाँ सेन्टरबाट ग्राहकले एथरका विभिन्न मोडलका विद्युतीय स्कुटर अवलोकन, टेस्ट राइड तथा प्राविधिक सुविधाबारे जानकारी लिन सक्नेछन्।

कम्पनीका अनुसार सेन्टरमा एथर ४५० सिरिज र एथर रिज्टा स्कुटर उपलब्ध छन्। एथर ४५० सिरिज उच्च कार्यक्षमता, प्रविधि र स्पोर्टी राइडिङ अनुभव खोज्ने ग्राहकलाई लक्षित गरी डिजाइन गरिएको हो। त्यस्तै, एथर रिज्टा दैनिक पारिवारिक प्रयोग, आरामदायी यात्रा र पर्याप्त स्टोरेज सुविधालाई प्राथमिकता दिएर तयार पारिएको स्कुटर हो।

एथरका स्कुटरमा म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस इन्टर्‍याक्सनजस्ता आधुनिक सुविधा उपलब्ध छन्। म्याजिक ट्विस्टमाफर्त एक्सेलेरेसन तथा डिएक्सेलेरेसन नियन्त्रण गर्न सकिन्छ भने इन्फिनिट क्रुजले लामो यात्रामा सहजता प्रदान गर्छ। यी सुविधा सम्बन्धित मोडल तथा भेरियन्टअनुसार उपलब्ध हुन्छन्।

कम्पनीले विद्युतीय स्कुटरको ब्याट्रीप्रति ग्राहकको विश्वास बढाउन ‘एथर एस्योरेन्स एटसेभेन्टी’ कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत तोकिएका सर्तको अधीनमा रही ८ वर्ष वा ८० हजार किलोमिटरमध्ये जुन पहिले पूरा हुन्छ, त्यतिन्जेल ब्याट्रीको स्वास्थ्य कम्तीमा ७० प्रतिशत रहने सुनिश्चितता प्रदान गरिने कम्पनीले जनाएको छ।

हाल एथरका नेपालभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५३ भन्दा बढी एथर ग्रिड फास्ट चार्जिङ प्वाइन्ट रहेका छन्।

उद्घाटन अफरमा एक लाखसम्म क्यासब्याक

नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनको अवसरमा कम्पनीले विशेष अफरसमेत सार्वजनिक गरेको छ।

अफरअन्तर्गत तोकिएका एथर स्कुटर खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। उक्त सुविधा कम्पनीले निर्धारण गरेका सर्त तथा योग्य मोडलमा लागू हुनेछ।

वैद्य इनर्जीले देशभर एक्सपेरियन्स सेन्टर, सर्भिस नेटवर्क तथा चार्जिङ पूर्वाधार विस्तार गर्दै विद्युतीय सवारीसाधनको पहुँच बढाउने रणनीतिअनुसार नयाँ सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।

कम्पनीका अनुसार रत्ननगर तथा आसपासका क्षेत्रका ग्राहकलाई विद्युतीय स्कुटर खरिद, परीक्षण र बिक्रीपछिको सेवामा सहज पहुँच पुर्‍याउनु नयाँ सेन्टरको मुख्य उद्देश्य हो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
9m ago
चितवनमा भित्रन थाले पाहुना चरा

चितवनमा भित्रन थाले पाहुना चरा

जाडो बढेसँगै उत्तरी चिसो भूगोलबाट चितवन राष्ट्रिय निकुञ्ज र आसपासका नदी किनार र तालतलैयामा पाहुना चरा आउन थालेका छन् ।

#चितवन
Compare →
Hamro Patro News
19h ago
बोडे होल्डिङ सेन्टरका सुकुमबासीलाई स्थानीय प्रशासनको चेतावनी : दुई दिनमा खाली गर्नु

बोडे होल्डिङ सेन्टरका सुकुमबासीलाई स्थानीय प्रशासनको चेतावनी : दुई दिनमा खाली गर्नु

बोडे होल्डिङ सेन्टरका सुकुमबासीलाई स्थानीय प्रशासनको चेतावनी : दुई दिनमा खाली गर्नु केहि सेकेन्ड अघि बोडेको होल्डिङ सेन्टर पुगेको संसदीय समितीलाई ज्ञापन पत्र दिँदै प्रभावित। तस्बिर : फाइल काठमाड...

#सेन्टर
Compare →
Nagarik News
1d ago
शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीलाई सरकारको उर्दी

शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीलाई सरकारको उर्दी

शनिबारसम्म बोडे होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीलाई सरकारको निर्देशनशनिबारसम्म बोडे होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीलाई सरकारको निर्देशन

#सेन्टर
Compare →
Onlinekhabar
6d ago
चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै

९ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने भएको छ । वन्यजन्तुको आहार, बासस्थान र जैविक विविधता संरक्षणलाई लक्षित गरी घाँसे मैदान तथा सिमसार क्षेत्र व्यवस्थित …

#चितवन
Compare →

Related Stories

Technology
Build #2639