Trending
Prev Story
Next Story

दशौं राष्ट्रिय खेलकुद : गण्डकीलाई हराउँदै बागमती सेमिफाइनलमा

Nagarik News •
November 26, 2026 • 11:28 AM
0
0 reads 0 reactions

दशौं राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्तर्गत बागमतीले गण्डकी प्रदेशलाई पराजित गरेको छ। योसँगै बागमती सेमिफाइनल प्रवेश गरेको छ।

दशौं राष्ट्रिय खेलकुद : गण्डकीलाई हराउँदै बागमती सेमिफाइनलमा

सुर्खेतको बीरेन्द्रनगरमा जारी दशौं राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्तर्गत बागमतीले गण्डकी प्रदेशलाई पराजित गरेको छ। योसँगै बागमती सेमिफाइनल प्रवेश गरेको छ।

बागमतीले यसअघि सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा सबै विकेट गुमाएर ११० रन बनायो। गण्डकीका लागि ओपनर आयुष्मा चापागाइँले सर्वाधिक २१ रन बनाइन्। चन्द्रमाया बराल र सृजना पौडेलले समान १७–१७ रन बनाइन्।

यस्तै, सलिना सेनले नौ, सेरिना थापा आठ, कप्तान कुशुम गोदारले सात, सिमाना केसीले पाँच, रञ्जना साउँदले दुई तथा यशोदा भुजेल र रेखा तामाङले एक–एक रन बनाइन्।

१११ रनको लक्ष्य बागमतीले १७.५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो। बागमतीका लागि विपिशा शाहीले नटआउट ५० रनको यागदान दिइन्। ४६ बल खेलेकी उनले छ चौका प्रहार गरिन्।

ओपनर हिलिशा गुरुङ २७ र कञ्चन श्रेष्ठले नौ रन बनाइन्। उनीहरु दुबै रनआउट भएका थिए। लक्ष्मीमाया रुम्बा लामाले नटआउट १३ रनको योगदान दिइन्।

प्रकाशित: १० मंसिर २०८३ १७:१३ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
9m ago
दसौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा बागमती सेमिफाइनलमा

दसौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा बागमती सेमिफाइनलमा

बागमतीले यसअघि सुदूरपश्चिम प्रदेशलाई पनि हराएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा सबै विकेट गुमाएर ११० रन बनाएको थियो । उसका लागि ओपनर आयुष्मा चापागाईंले सर्वाधिक २१ रन बनाइन् ।

#बागमती #गण्डकी #खेलकुद
Compare →
Hamro Patro News
1d ago
दशौं राष्ट्रिय खेलकुदको पहिलो दिन: बागमती प्रदेश शीर्ष स्थानमा, एनआरएनए दोस्रो र आर्मी तेस्रो

दशौं राष्ट्रिय खेलकुदको पहिलो दिन: बागमती प्रदेश शीर्ष स्थानमा, एनआरएनए दोस्रो र आर्मी तेस्रो

काठमाडौं । कर्णाली प्रदेशमा जारी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को पहिलो दिनको पदक तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिकाअनुसार बागमती प्रदेश ४ स्वर्ण, २ रजत र ३ कांस्यसहित कुल ९ पदक जि...

#बागमती #दशौं #खेलकुद
Compare →

Related Stories

Sports
Build #2639