१० मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट, बक्सिङ र जिम्न्यास्टिकका प्रतिस्पर्धा आज देखि सुरु हुँदैछ ।
महिला क्रिकेट यसअघि नै सुरु भइसकेपनि पुरुष क्रिकेट भने आज बिहीबारदेखि कालुन्चौका क्रिकेट मैदानमा सुरु हुनेछ । जहाँ सुदूरपश्चिम र कर्णाली तथा गण्डकी र नेपाल आर्मी क्लबबीच खेल हुनेछ ।
१०औं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते तय भएपनि मंसिर ८ गते देखि नै ५ खेलको प्रतिस्पर्धा सुरु भइसकेको छ ।
आजदेखि थप ३ खेलको प्रतिस्पर्धा सुरु हुँदैछ । पुरुष क्रिकेटसँगै बक्सिङ र जिम्न्यास्टिक पनि आज देखि सुरु हुन लागेको हो ।
सुर्खेतको मुखय कभर्डहलमा हुने बक्सिङमा आज कूल ३४ बाउट हुनेछ ।
मंसिर ८ गतेदेखि नेपालगन्जमा सुरु भएको पौडी प्रतियोगितामा २२ स्वर्णको टुङ्गो नै लागिसकेको छ ।
१०औं राष्ट्रिय खेलकुदमा बिहीबार महिला क्रिकेट र पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीका खेलमा प्रतिस्पर्धा हुनेछन् । पौडीमा आज १२ स्वर्णको लागि प्रतिस्पर्धा हुनेछ ।