Trending
Prev Story
Next Story

अवैध रूपमा नेपाल पस्न लागेका श्रीलंकाका ३ र एक भारतीय नागरिक पक्राउ

Ekantipur •
October 23, 2026 • 07:30 AM
1
1 reads 0 reactions

भारतीय सुरक्षा स्रोतका अनुसार नेपाल प्रवेश गरेपछि उनीहरू शरणार्थीका रूपमा युरोपको फ्रान्स वा बेलायत जाने तयारीमा थिए। उनीहरू दलालमार्फत नेपाल आउन लागेको स्रोतको दाबी छ।

अवैध रूपमा नेपाल पस्न लागेका श्रीलंकाका ३ र एक भारतीय नागरिक पक्राउ

भारतीय सुरक्षा स्रोतका अनुसार नेपाल प्रवेश गरेपछि उनीहरू शरणार्थीका रूपमा युरोपको फ्रान्स वा बेलायत जाने तयारीमा थिए। उनीहरू दलालमार्फत नेपाल आउन लागेको स्रोतको दाबी छ।

बर्दया — अवैध रूपमा नेपाल प्रवेश गर्न लागेका श्रीलंकाका तीन नागरिकसहित एक तामिलभाषी भारतीयलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ। उनीहरू नेपाल–भारत सीमाको निधीपुरुवामा पक्राउ परेका हुन्।

भारतीय सुरक्षा अधिकारीका अनुसार पक्राउ पर्नेमा श्रीलंकाको जाफ्नाका वि. अजित कुमार, उनकी श्रीमती कौशल्यादेवी र धले बम तथा भारतको तमिलनाडुका सुथागर रहेका छन्। उनीहरूलाई कात्तिक ४ गते पक्राउ गरे पनि शुक्रबार मात्रै जानकारी गराइएको हो।

भारतीय सुरक्षा स्रोतका अनुसार नेपाल प्रवेश गरेपछि उनीहरू शरणार्थीका रूपमा युरोपको फ्रान्स वा बेलायत जाने तयारीमा थिए। उनीहरू दलालमार्फत नेपाल आउन लागेको सुरक्षा स्रोतको दाबी छ। बर्दियासँग जोडिएको घना जंगलको छेउमा रहेको निधीपुरुवा हुँदै चित्लहवा नाकाबाट गुलरिया आउन लागेका थिए।

चारै जनालाई भारतीय प्रहरीको जिम्मा लगाइएको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको छ। पक्राउ परेका चारै जनालाई उत्तर प्रदेश राज्यको बहराइच जिल्लास्थित मुर्तिहा कोतवाली थानामा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले सीमावर्ती भारतमा श्रीलंकाका तीन र एक भारतीय नागरिक पक्राउ परेको जानकारी आएको बताए।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता, यी विषयमा भयो छलफल

मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता, यी विषयमा भयो छलफल

२७ कात्तिक, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भारतीय राजदूत सुधाकर दलेलले शिष्टाचार भेटवार्ता गरेका छन्।मन्त्रालयमा भएको उक्त भेटमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जालका क्षेत्रमा दु...

#भारतीय
Compare →
Onlinekhabar
8h ago
नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

२७ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । ३१औं पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा भएको उक्त भेटवार्तामा …

#भारतीय
Compare →
Nagarik News
8h ago
विमानस्थलबाट भारतीय नागरिक पक्राउ

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो।

#भारतीय
Compare →

Related Stories

National (Nepal)
Build #2611