Trending
Prev Story
Next Story

युवराज सिंहसँग आधा घण्टाको कुराकानीपछि वैभवको ऐतिहासिक दोहोरो शतक

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
6
6 reads 0 reactions 4 comments

९ मंसिर, काठमाडौं । भारतका १५ वर्षीय ब्याटर वैभव सूर्यवंशीले आफ्नो आदर्श खेलाडी युवराज सिंहसँग गरेको आधा घण्टाको कुराकानीले आफूलाई लिस्ट ‘ए’ क्रिकेटकै सबैभन्दा छिटो दोहोरो शतक बनाउन सहयोग पुगेको बताएका छन्। सूर्यवंशीले राइजिङ स्टार्स एसिया …

युवराज सिंहसँग आधा घण्टाको कुराकानीपछि वैभवको ऐतिहासिक दोहोरो शतक

९ मंसिर, काठमाडौं । भारतका १५ वर्षीय ब्याटर वैभव सूर्यवंशीले आफ्नो आदर्श खेलाडी युवराज सिंहसँग गरेको आधा घण्टाको कुराकानीले आफूलाई लिस्ट ‘ए’ क्रिकेटकै सबैभन्दा छिटो दोहोरो शतक बनाउन सहयोग पुगेको बताएका छन्।

सूर्यवंशीले राइजिङ स्टार्स एसिया कपमा यूएईविरुद्ध ५३ बलमा २०४ रन बनाएका थिए। उनले आफ्नो इनिङ्समा २८ छक्का प्रहार गरे। यो लिस्ट ‘ए’ क्रिकेटमा बनेको सबैभन्दा छिटो दोहोरो शतक हो।

सूर्यवंशीले पछिल्लो समय आफ्नो ब्याटिङ लयलाई लिएर चिन्तित भएपछि युवराजसँग खुलेर कुरा गरेको बताए। भारतीय क्रिकेट बोर्डको आधिकारिक टेलिभिजनसँगको कुराकानीमा उनले युवराजले ब्याटिङका प्राविधिक पक्षबारे धेरै सुझाव दिएको र ती सुझावले यूएईविरुद्धको खेलमा सहयोग पुगेको बताए।

‘म निकै चिन्तित थिएँ। ब्याटिङ गर्न जाँदा आइरहेका समस्याबारे उहाँसँग खुलेर कुरा गरेँ। उहाँले आधा घण्टासम्म सबै कुरा राम्रोसँग बुझाउनुभयो। २० बल खेल्न सके स्कोर फरक हुने बताउनुभयो। उहाँले दिनुभएका प्राविधिक सुझावले मलाई धेरै सहयोग गर्‍यो’ सूर्यवंशीले भने।

उनले युवराजसँगै आफ्ना बुबा, बाल्यकालका प्रशिक्षक मनीष ओझा र यू–१९ समयदेखिका साथी प्रथम जचकसँग पनि कुराकानी गरेको बताए।

प्रतियोगितामा नेपालविरुद्ध २६ र पाकिस्तान ‘ए’ विरुद्ध ११ रनमा आउट भएका सूर्यवंशी घरेलु क्रिकेटमा पनि लयमा थिएनन्। त्यसअघि सैयद मुस्ताक अली ट्रफीमा बिहारका लागि सौराष्ट्रविरुद्ध उनले १८ रन बनाएका थिए।

लगातार कम रन बनाएपछि आफ्नो खेलबारे सोच्न थालेको र युवराजसँगको कुराकानीपछि ब्याटिङका गल्ती पहिचान गर्न भिडियोसमेत हेरेको उनले बताए।

‘युवराज सर मेरो आदर्श हुनुहुन्छ। आफ्नो आदर्शसँग कुरा गर्दा उहाँका सबै कुरा ध्यान दिएर सुनेँ। उहाँले एक–एक गरेर धेरै कुरा बताउनुभयो। मैले आफ्नो ब्याटिङका भिडियो पनि हेरेँ र कहाँ गल्ती गरिरहेको छु भन्ने महसुस गरेँ। त्यसलाई सुधार्ने प्रयास गरेँ’ उनले भने।

सूर्यवंशीले यूएईविरुद्ध पनि सुरुमा लामो समय ब्याटिङ गर्ने सोच बनाएको बताए। तर पिचको अवस्था बुझेपछि आफ्नो स्वाभाविक खेल खेलेको उनको भनाइ छ।

‘मैले सुरुमा विकेट कस्तो छ भनेर हेर्न केही बल खेलेँ। विकेटबाट बलरलाई खासै सहयोग मिलिरहेको थिएन र बल ब्याटमा राम्रोसँग आइरहेको थियो। त्यसपछि आफ्नो खेल खेलेँ र बलियो पक्षमा विश्वास गरें’ उनले भने।

यसअघि आईपीएल सकिएपछि अहमदाबादमा दिएको अन्तर्वार्तामा सूर्यवंशीले आफू तीनवटै प्रारूपमा खेल्न सक्ने र परिस्थितिअनुसार आफ्नो खेल परिवर्तन गर्न सक्ने बताएका थिए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
22h ago
वैभव सूर्यवंशीको विस्फोटक दोहोरो शतक: ५२ बलमै २८ छक्कासहित २०४ रन

वैभव सूर्यवंशीको विस्फोटक दोहोरो शतक: ५२ बलमै २८ छक्कासहित २०४ रन

एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत यूएईविरुद्धको खेलमा भारत ‘ए’ का वैभव सूर्यवंशीले विस्फोटक दोहोरो शतक प्रहार गरेका छन्।

#सूर्यवंशी #दोहोरो #वैभव
Compare →
Hamro Patro News
20h ago
२८ छक्काको वर्षा गर्दै वैभव सूर्यवंशीको विश्व कीर्तिमान, ५३ बलमा बनाए दोहोरो शतक

२८ छक्काको वर्षा गर्दै वैभव सूर्यवंशीको विश्व कीर्तिमान, ५३ बलमा बनाए दोहोरो शतक

काठमाडौं– भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले छक्काको वर्षा गर्दै क्रिकेट इतिहासमा अभूतपूर्व विश्व कीर्तिमान कायम गरेका छन् । मात्र १५ वर्षको उमेरमा उनले एकै इनिङ्समा २८ छक्का प्रहार गर्दै व्यावस...

#सूर्यवंशी #वैभव #दोहोरो
Compare →
Ekantipur
18h ago
सूर्यवंशीले बनाए ५३ बलमा २ सय ४ रन

सूर्यवंशीले बनाए ५३ बलमा २ सय ४ रन

निर्दयीरुपमा ब्याटिङ गरेका १५ वर्षे भारतीय ब्याटरले बनाए लिस्ट ‘ए’ मान्यता खेलमा सबैभन्दा कम बलमा दोहोरो शतकको कीर्तिमान

#सूर्यवंशी #शतक
Compare →
Bizshala
21h ago
सेयरबजारमा दोहोरो अंकको सुधार, सकारात्मक नीति आए थप बढ्ने विश्लेषकको अनुमान

सेयरबजारमा दोहोरो अंकको सुधार, सकारात्मक नीति आए थप बढ्ने विश्लेषकको अनुमान

काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा कायम भएको...

#दोहोरो
Compare →

Related Stories

Technology
Build #2625