Trending
Prev Story
Next Story

भेरी नदीमा बगेर नेपालगन्जका दुई युवा बेपत्ता

Ekantipur •
November 24, 2026 • 05:33 PM
14
14 reads 0 reactions

हर्सितका पिता बुधेश जयसवालका अनुसार सुर्खेत घुमेर नेपालगन्ज फर्किने क्रममा मंगलबार बिहान उनीहरू भेरी नदीको पुलनजिक पुगेका थिए । मोबाइल स्ट्यान्डमा राखेर भिडियो खिच्ने क्रममा दुवै जना नदीमा पसेको र तीव्र बहावले बगाएको उनले बताए ।

भेरी नदीमा बगेर नेपालगन्जका दुई युवा बेपत्ता

हर्सितका पिता बुधेश जयसवालका अनुसार सुर्खेत घुमेर नेपालगन्ज फर्किने क्रममा मंगलबार बिहान उनीहरू भेरी नदीको पुलनजिक पुगेका थिए । मोबाइल स्ट्यान्डमा राखेर भिडियो खिच्ने क्रममा दुवै जना नदीमा पसेको र तीव्र बहावले बगाएको उनले बताए ।

नेपालगन्ज — भेरी नदीमा पसेका नेपालगन्जका दुई युवा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नेपालगन्जका १८ वर्षीय हर्सित तमोली जयसवाल र आमिर अलि शाह छन् । उनीहरू घुम्न सुर्खेत पुगेका बेला भेरी नदीको पुलनजिक भिडियो बनाउने क्रममा नदीमा पसेपछि बगेको आफन्तले बताएका छन् ।

हर्सितका पिता बुधेश जयसवालका अनुसार सुर्खेत घुमेर नेपालगन्ज फर्किने क्रममा मंगलबार बिहान उनीहरू भेरी नदीको पुलनजिक पुगेका थिए । मोबाइल स्ट्यान्डमा राखेर भिडियो खिच्ने क्रममा दुवै जना नदीमा पसेको र तीव्र बहावले बगाएको उनले बताए ।

मोबाइल स्ट्यान्डमा रहेको भिडियोमा दुवै जना नदीमा बगेको दृश्य देखिएको तथा उनीहरूले प्रयोग गरेको मोटरसाइकल र लुगा नदी किनारमा भेटिएको जयसवालले जानकारी दिए । बेपत्ता युवाका आफन्तले खोजी कार्य प्रभावकारी नभएको भन्दै तत्काल गोताखोर टोली परिचालन गर्न माग गरेका छन् । जयसवालले स्थानीय प्रहरी र प्रशासनसँग खोजीका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे ।

त्यस्तै, आमिरका आफन्त सराफत शाहले प्रहरीले घटनास्थलको मुचुल्का तयार पारे पनि त्यसपछि प्रभावकारी खोजी नभएको बताउँदै तत्काल खोजी गर्न आग्रह गरेका छन् ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
2d ago
देउवालाई नेपालगन्जमा कार्यकर्ताको स्वागत

देउवालाई नेपालगन्जमा कार्यकर्ताको स्वागत

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई नेपालगन्जमा कार्यकर्ताले स्वागत गरेका छन्।

#नेपालगन्ज
Compare →

Related Stories

National (Nepal)
Build #2625