Trending
Prev Story
Next Story

टम क्रुजको ‘डिगर’ बक्सअफिसमा ‘डिजास्टर’

Ekantipur •
October 12, 2026 • 02:03 PM
1
1 reads 0 reactions

सुपरस्टार टम क्रुज स्टारर तथा एलेजान्द्रो गोन्जालेज इनारितु निर्देशित फिल्म ‘डिगर’ अन्तत: बक्स अफिस इतिहासकै सबैभन्दा ठूला असफल फिल्ममध्ये एक बन्ने पक्का भएको छ ।

टम क्रुजको ‘डिगर’ बक्सअफिसमा ‘डिजास्टर’

सुपरस्टार टम क्रुज स्टारर तथा एलेजान्द्रो गोन्जालेज इनारितु निर्देशित फिल्म ‘डिगर’ अन्तत: बक्स अफिस इतिहासकै सबैभन्दा ठूला असफल फिल्ममध्ये एक बन्ने पक्का भएको छ ।

काठमाडौँ — हलिउड सुपरस्टार टम क्रुज र चर्चित निर्देशक एलेजान्द्रो गोन्जालेज इनारितुको जुगलबन्दीमा बनेको बहुप्रतिक्षित फिल्म ‘डिगर’ अन्तत: बक्स अफिस इतिहासकै सबैभन्दा ठूला असफल फिल्ममध्ये एक बन्ने पक्का भएको छ ।

प्रदर्शनको दोस्रो सप्ताहान्तमा आईपुग्दा ‘डिगर’ को व्यापारमा ६० प्रतिशतले गिरावट आएपछि यसले करिब २४ करोड ५० लाख अमेरिकी डलर भन्दा बढि घाटा व्यहोर्ने प्रक्षेपण गरिएको छ ।

‘डिगर’ले पहिलो साता अमेरिकी बजारबाट ८० लाख डलरसहित विश्वभरबाट २ करोड डलर मात्र कमाउन सकेको थियो । सुरुमा वार्नर ब्रदर्सले यस फिल्मबाट १५ देखि २० करोड डलर घाटा हुने अनुमान गरे पनि दोस्रो साताको खराब व्यापारले नोक्सानी अझ बढाउने देखिएको छ ।

हालसम्म यसको कुल कमाइ अमेरिकामा १ करोड ४४ लाख डलरसहित विश्वभरबाट ३ करोड ५३ लाख डलर मात्र पुगेको छ । फिल्मलाई फ्लप हुनबाट जोगाउन एन हृयाथवे, जेन फोन्डा, गुइलेर्मो डेल टोरो र म्यान्डी प्याटिनकिन जस्ता चर्चित हलिउड कलाकारहरूको पनि केही लागेन । उनिहरूले दर्शकलाई फिल्म हेर्न जान जति नै अपिल गरे पनि त्यसको खासै प्रभाव पर्न सकेको छैन ।

यस फिल्मको विश्वव्यापी बक्स अफिस यात्रा जम्मा ५ करोड डलरको वरपर सकिने अनुमान गरिएको छ । हल सञ्चालकहरूले टिकट बिक्रीको करिब आधा रकम राख्ने भएकाले फिल्मलाई नाफामा जान (ब्रेक–इभन) कम्तीमा ३५ करोड डलर कमाउनुपर्ने थियो । यद्यपि, वार्नर ब्रदर्सका प्रवक्ताले भने ‘ब्रेक–इभन प्वाइन्ट’ ३० करोड डलर रहेको दाबी गरेका छन् ।

वार्नर ब्रदर्सले सुरुमा १२ करोड ५ लाख डलर बजेट स्वीकृत गरे पनि निर्माण अवधि लम्बिँदा लागत बढेर १६ देखि १८ करोड डलर पुगेको थियो । यसबाहेक स्टुडियोले विश्वव्यापी प्रचारप्रसार (मार्केटिङ) का लागि थप १० करोड डलर खर्च गरेको छ । फिल्मको समीक्षा अत्यन्तै नकारात्मक आएपछि वार्नर ब्रदर्सले सामाजिक सञ्जालमा ‘आफैं हेरेर निर्णय गर्नुहोस्’ भन्ने जस्ता विज्ञापनसमेत बजाउन बाध्य भएको थियो ।

‘डिगर’ वार्नर ब्रदर्स र पारामाउन्टबीचको ‘मर्जर’ हुनुअघिको अन्तिम रिलिज फिल्म हो । वार्नर ब्रदर्सका लागि यो वर्ष बक्स अफिसमा निकै निराशाजनक रह्यो । यसअघि ‘द ब्राइड’ र ‘सुपरगर्ल’ जस्ता ठूला फिल्महरू पनि व्यावसायिक रूपमा असफल भइसकेका छन् ।

सन् २०२५ मा ‘सिनर्स’, ‘ए माइनक्राफ्ट मुभी’ र ‘वेपन्स’ जस्ता हिट फिल्म दिएका वार्नर ब्रदर्सका प्रमुखहरू माइक डे लुका र पाम अब्डीले गत शुक्रबार मात्रै कम्पनी छाडेका छन् । यो वर्ष वार्नर ब्रदर्सका कुनै पनि फिल्मले अमेरिकी बजारमा १० करोड डलरको आँकडा पार गर्न सकेका छैनन् । अब आगामी डिसेम्बरमा रिलिज हुने डेनिस भिल्लेनभको ‘ड्युनः पार्ट ३’ बाट मात्रै वार्नर ब्रदर्सले पुनरागमनको आशा राखेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
3w ago
टम क्रुजलाई 'लाइफ अचिभमेन्ट' अवार्ड प्रदान गरिने

टम क्रुजलाई 'लाइफ अचिभमेन्ट' अवार्ड प्रदान गरिने

क्रुजले अभिनयका लागि तीन पटक एकेडेमी अवार्ड (ओस्कार) को मनोनयन प्राप्त गरेका छन्। उनी ‘बोर्न अन द फोर्थ अफ जुलाई’ र ‘जेरी म्याग्वायर’ बाट उत्कृष्ट अभिनेताको विधामा तथा ‘म्याग्नोलिया’ बाट सहायक अभिनेताको विधामा मनोनयनमा परेका थिए।

#क्रुज
Compare →
Hamro Patro News
2w ago
विश्व भ्रमणमा निस्किएको लक्जरी क्रुज रोकियो, कम्बोडियामा २०० यात्रु अलपत्र

विश्व भ्रमणमा निस्किएको लक्जरी क्रुज रोकियो, कम्बोडियामा २०० यात्रु अलपत्र

काठमाडौं । विश्व भ्रमणमा निस्किएको लक्जरी क्रुज पानीजहाजले इन्धनको असाध्यै उच्च मूल्यका कारण सेवा स्थगित गरेको छ । त्यसपछि त्यसमा सवार यात्रुहरू कम्बोडियामा अलपत्र परेका छन् । अमेरिकामा मुख्यालय र...

#क्रुज
Compare →

Related Stories

Technology
Build #2612