Trending
Prev Story
Next Story

विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ : मुख्यमन्त्री भट्ट

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
19
19 reads 0 reactions

८ मंसिर, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लक्ष्य हासिल गर्न सुदूरपश्चिम प्रदेश सरकार स्थानीय तहहरूसँग हातेमालो गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् । मङ्गलबार कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजित …

विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ : मुख्यमन्त्री भट्ट

८ मंसिर, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लक्ष्य हासिल गर्न सुदूरपश्चिम प्रदेश सरकार स्थानीय तहहरूसँग हातेमालो गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् ।

मङ्गलबार कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजित ‘छैटौँ कञ्चनपुर’ सम्मेलनलाई सम्बोधन गर्दै उनले नीति, बजेट र प्राविधिक सहयोगमार्फत स्थानीय सरकारहरूको क्षमता अभिवृद्धि गर्न प्रदेश सरकार सधैँ साथमा रहने बताएका हुन् ।

‘विकास निर्माणका कार्यहरूलाई वातावरणमैत्री र विपद्–प्रतिरोधी बनाउन तीनै तहका सरकार, विकास साझेदार संस्था र नागरिक समाजबीचको त्रिकोणात्मक सहकार्यआवश्यक छ,’ मुख्यमन्त्री भट्टले भने, ‘विपद् आइसकेपछि राहत र उद्धारमा मात्र केन्द्रित हुनुभन्दा विपद् आउनुअघि नै पूर्वतयारी गर्ने, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने र समुदायलाई सक्षम बनाउने कार्य आजको प्रमुख आवश्यकता हो ।’

जोखिम न्यूनीकरण र दिगो विकासका लागि वास्तविक पूर्वतयारी प्रत्येक व्यक्तिको घर, परिवार र समुदायबाटै सुरु हुनुपर्नेमा उनको जोड छ ।

‘ठूला पूर्वाधार र नीतिगत योजनाको चर्चासँगै समुदायस्तरको सचेतना र पूर्वतयारी अपरिहार्य रहेको छ । विशेषगरी कञ्चनपुर जिल्ला बाढी, डुबान, कटान तथा जलवायु परिवर्तनका असरको उच्च जोखिममा रहेको छ,’ मुख्यमन्त्री भट्टले भने ।

उनले प्रत्येक वर्ष वर्षायाममा महाकाली, दोदा, बनरा, जोगबुढा लगायतका स्थानीय नदीनालाहरूले पुर्‍याउने क्षतिले जनजीवन, कृषि र पूर्वाधारलाई प्रभावित पार्दै आएको बताए ।

संघीयताको मर्मअनुसार नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले सुरक्षित र उत्थानशील समुदाय निर्माणका लागि कञ्चनपुरका पालिकाहरूले थालेको सामूहिक प्रयास प्रदेशकै लागि अनुकरणीय रहेको बताए ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
18h ago
विपद् जोखिम न्यूनीकरण र उत्थानशीलताको सुरुवात घरबाटै हुनुपर्छ : मुख्यमन्त्री भट्ट

विपद् जोखिम न्यूनीकरण र उत्थानशीलताको सुरुवात घरबाटै हुनुपर्छ : मुख्यमन्त्री भट्ट

मुख्यमन्त्री भट्टले जलवायु परिवर्तन र प्राकृतिक विपद्का जोखिम न्यूनीकरणका लागि विकास निर्माणका हरेक योजना वातावरणमैत्री तथा विपद् प्रतिरोधी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

#जलवायु #विपद् #मुख्यमन्त्री
Compare →
Hamro Patro News
2d ago
मधेसका सबै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने मुख्यमन्त्रीको निर्णय

मधेसका सबै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने मुख्यमन्त्रीको निर्णय

मधेस प्रदेश सरकारले बेरोजगारी न्यूनीकरण तथा युवालाई सीपयुक्त बनाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेशका आठवटै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । मधेस प्रदेशका नवनि...

#मुख्यमन्त्री
Compare →
Nagarik News
3d ago
मधेसमा सर्वदलीय सरकार बनाउँछु : नवनियुक्त मुख्यमन्त्री यादव

मधेसमा सर्वदलीय सरकार बनाउँछु : नवनियुक्त मुख्यमन्त्री यादव

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा सर्वदलीय सरकार बनाउने बताएका छन्।

#मुख्यमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2621