Trending
Prev Story
Next Story

देउवा पक्षमा लागेका जनप्रतिनिधि हटाउने कांग्रेसको तयारी, संघ र प्रदेशमा को को पर्नसक्छन् ?

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
13
13 reads 0 reactions

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले देउवा समूहको महाधिवेशनमा सक्रिय भएर लागेका जनप्रतिनिधिलाई कारबाही गर्ने तयारी गरेको छ । सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट उक्त जानकारी गराएका हुन् । स्थानीय, प्रदेश, संघ र राष्ट्रिय सभामा …

देउवा पक्षमा लागेका जनप्रतिनिधि हटाउने कांग्रेसको तयारी, संघ र प्रदेशमा को को पर्नसक्छन् ?

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले देउवा समूहको महाधिवेशनमा सक्रिय भएर लागेका जनप्रतिनिधिलाई कारबाही गर्ने तयारी गरेको छ । सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट उक्त जानकारी गराएका हुन् ।

स्थानीय, प्रदेश, संघ र राष्ट्रिय सभामा कांग्रेसबाट निर्वाचित र हाल पूर्वसभापति शेरबहादुर देउवाको पक्षमा रहेका जनप्रतिनिधिलाई पदमुक्त गर्न लागिएको हो । सभापति थापाले देउवा पक्षलाई अर्कै पार्टी भएको बताए । पार्टी विधान अनुसार उनीहरूलाई पदमुक्त गर्ने सभापति थापाले चेतावनी दिए ।

‘कुनै पनि व्यक्ति कांग्रेसको चुनाव चिन्ह लिएर लडेको छ । र चुनाव चिन्ह लिएर लडेको मान्छे अर्को पार्टीमा लाग्छ भने त्यो कांग्रेसको सदस्य कायम रहँदैन,’ सभापति थापाले बैठकबाट भने, ‘राष्ट्रिय, प्रतिनिधि, प्रदेश सभा सदस्य, स्थानीय तहमा मेयर उपमेयरबाट राजीनामा गर्नुहोला । तपाईंले राजीनामा गर्नुभएन भने पार्टीको विधानले जे गर्नु पर्ने हो, गर्छ ।’

एउटै दलको दुई महाधिवेशन हुन नसक्ने बताउँदै संस्थापन पक्षले कांग्रेसबाट निर्वाचित भएका र अर्को समूहतिर लागेकालाई कारबाही गर्ने संकेत गरेको हो । देउवा पक्षको महाधिवेशन नजिकिएसँगै सभापति थापाले उक्त पक्षमा लाग्ने जनप्रतिनिधिलाई पदमुक्त गर्ने चेतावनी दिएका हुन् ।

देउवा पक्षलाई अर्को पार्टीको रुपमा लिँदै सभापति थापाले भने,‘कांग्रेस पार्टीको सदस्यता छाडेर अर्को पार्टीको सदस्यता लिने हो भने चाहिँ त्यसले समस्या गर्छ । साथीहरूले अहिले समयमा विचार गर्नुहोला । पार्टीको सदस्यता कायम नराख्ने हो भने तपाईंहरूको छनोट हो ।’

कांग्रेस शीर्ष तहका एक नेताका अनुसार देउवा पक्षको महाधिवेशनमा खुलेर लाग्नेहरूलाई पदमुक्त गर्न लागिएको हो । ती नेताका अनुसार दुबै पक्षतिर नलागी तटस्थ बसेकाहरूको हकमा भने कारबाही हुने छैन । आफू निर्वाचित भएको दल त्याग गरेको अवस्थामा पार्टीले पदमुक्त गर्ने प्रक्रिया अघि बढाउन सक्ने राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था छ ।

कांग्रेसकै १५ औं महाधिवेशन गर्न लागेको देउवा पक्षले दाबी गरेको छ । देउवा पक्षको महाधिवेशनमा लागेका जनप्रतिनिधिले दल त्याग गरेको अवस्था छैन । पदमुक्त गराउने प्रक्रिया भने सहज छैन ।

दल त्याग गरेको भनिएका जनप्रतिनिधिलाई स्पष्टीकरणको अवसर दिनुपर्दछ । स्पष्टीकरण चित्त बुझ्दो नभएको अवस्थामा केन्द्रीय समितिले दलबाट निष्कासन गर्नसक्छ । पदमुक्त गरेको सूचना प्रतिनिधि र राष्ट्रिय सभा सचिवालयमा जानकारी गराउनु पर्दछ । उक्त सूचनालाई संसद सचिवालयले सदन चलिरहेको बेलामा (१५ दिनभित्र) पदमुक्त भएको जानकारी गराउनुपर्दछ । स्थानीय तहको जनप्रतिनिधिले दल त्याग गरेको जानकारी सहित केन्द्रीय समितिले पदमुक्त गरेर निर्वाचन आयोगलाई अवगत गराउनु पर्दछ ।

संघीय र प्रदेश सभामा देउवा पक्षका को को छन् ?

प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसद मध्ये दुई जना देउवा पक्षमा खुलेका छन् । समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य रहेका हरिना देवी कामी र सुशिला ढकाल आचार्य अर्को पक्षमा खुलेका छन् । निनु कुमारी कर्ण र रीना उप्रेति तटस्थ देखिएका छन् ।

प्रतिनिधि सभामा भन्दा तुलनात्मक रुपमा देउवा पक्षका सांसद राष्ट्रिय सभामा बढी छन् । राष्ट्रिय सभामा कांग्रेसका २४ सांसद छन् । राष्ट्रिय सभा सदस्यहरू कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, जीतजंग बस्नेत, कृष्णप्रसाद पौडेल, खम्मबहादुर खाती, जगत तिमिल्सिना नारायणदत्त भट्ट लगायत देउवा पक्षमा खुलेर लागेका छन् । राष्ट्रिय सभा सदस्यद्वय विष्णुदेवी पुडासैनी र चन्द्र केसी कुनै पक्षमा खुलेका छैनन् ।

प्रदेश सभातर्फ मधेस र कर्णालीमा देउवा पक्षको महाधिवेशनमा लाग्ने प्रदेश सांसद कुनै पनि छैनन् । कोशी प्रदेश सभामा कांग्रेसका २९ सांसद रहेकोमा तीन जना देउवा पक्षमा सक्रिय भएर लागेका छन् । केदार कार्की, भूपेन्द्र राई र रामकुमार खत्री देउवा पक्षमा छन् ।

बागमतीमा कांग्रेसका ३६ सांसदमा आठ जना देउवा समूहको महाधिवेशनतिर लागेका छन् । विमल ठकुरी, दिपेन्द्र श्रेष्ठ, श्याम खड्का, गोविन्द लम्साल, विनु रायमाझी, माया श्रेष्ठ, कञ्चन वादे र मसिना खड्का देउवा पक्षले गर्ने महाधिवेशनमा लागेका छन् । गण्डकीको प्रदेश सभामा रहेका २७ कांग्रेस सांसदद्धय जीत शेरचन र दिपेन्द्र थापा देउवा पक्षमा छन् ।

कांग्रेसका २८ जना प्रदेश सांसद रहेको लुम्बिनीमा देउवा पक्षमा रोज राणा र माया पुन मात्रै उभिएका छन् । देउवा पक्षले राणालाई लुम्बिनी प्रदेश सभापति र पुनलाई उपसभापति बनाएको छ ।

सुदूरपश्चिममा कांग्रेसका १७ सांसद मध्ये सात जना देउवा पक्षमा छन् । कमलबहादुर शाह, मेघराज खड्का, प्रकाश बहादुर बम, डम्मरी महरा, सरस्वती खड्का, शिवराज भट्ट र मधु भारती छन् । विक्रम धामी र गीता चौधरी कतै पनि खुलेको छैनन् ।

कांग्रेसका नेताहरूका अनुसार स्थानीय तहमा कांग्रेसबाट निर्वाचित र हाल देउवा पक्षको महाधिवेशनमा सक्रिय जनप्रतिनिधिहरूको तथ्यांक संकलन जारी रहेको जानकारी गराएका छन् ।

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
17h ago
देउवा पक्षमा लागेका जनप्रतिनिधि हटाउने कांग्रेसको तयारी, संघ र प्रदेशमा को को पर्नसक्छन् ?

देउवा पक्षमा लागेका जनप्रतिनिधि हटाउने कांग्रेसको तयारी, संघ र प्रदेशमा को को पर्नसक्छन् ?

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले देउवा समूहको महाधिवेशनमा सक्रिय भएर लागेका जनप्रतिनिधिलाई कारबाही गर्ने तयारी गरेको छ । सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट उक्त जानकारी गराएका हुन् । ...

#गगन-थापा #देउवा #कांग्रेस
Compare →
Ekantipur
2d ago
कांग्रेस देउवा समूह गोरखाको सभापतिमा ओम गुरुङ निर्वाचित

कांग्रेस देउवा समूह गोरखाको सभापतिमा ओम गुरुङ निर्वाचित

कांग्रेस देउवा समूह गोरखाको जिल्ला अधिवेशन शुक्रबार सुरु भएको थियो । सभापतिमा दावेदारी दिने धेरै भएपछि अधिवेशन लम्बिएको थियो ।

#देउवा #कांग्रेस
Compare →
Nagarik News
21h ago
देउवालाई गगनको सुझावः आफ्नो स्तर ख्याल गर्नुहोस्, समानान्तर गतिविधि नरोके कारवाही हुन्छ

देउवालाई गगनको सुझावः आफ्नो स्तर ख्याल गर्नुहोस्, समानान्तर गतिविधि नरोके कारवाही हुन्छ

महाधिवेशनका लागि देश दौडाहामा रहेका देउवाले कांग्रेसको चुनाव चिन्हसहित आधिकारिकता आफूहरुको रहेको दाबी गरेपछि सभापति थापाले आक्रोष पोखेका हुन्।

#देउवा #कांग्रेस
Compare →

Related Stories

National (Nepal)
Build #2621