Trending
Prev Story
Next Story

काठमाडौंको दक्षिणढोकाबाट एक जना पक्राउ, सुन्धारा पठाइयो

Nagarik News •
November 24, 2026 • 01:49 PM
19
19 reads 0 reactions

काठमाडौंको दक्षिणढोकाबाट प्रहरीले एक जनालाई पक्राउ गरी केन्द्रीय कारागार सुन्धारा पठाएको छ।

काठमाडौंको दक्षिणढोकाबाट एक जना पक्राउ, सुन्धारा पठाइयो

काठमाडौंको दक्षिणढोकाबाट प्रहरीले एक जनालाई पक्राउ गरी केन्द्रीय कारागार सुन्धारा पठाएको छ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-१२ घर भई काठमाडौंको दक्षिणढोका बस्दै आएका २९ वर्षीय सागर बम्जनलाई प्रहरीले सोमबार दिउँसो करिब १ बजे गोकर्णेश्वर नगरपालिका-७ बाट पक्राउ गरेको हो।

लागुऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंको आदेशअनुसार पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा रहेका बम्जन २०८२ भदौ २४ गतेको घटनाका क्रममा फरार भएका थिए।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई पक्राउ गरेपछि मंगलबार पुनः केन्द्रीय कारागार सुन्धारा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यसैबिच, प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका-५, लोलाङ धितालथोकबाट ९७.६७० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित २२ वर्षीय धिरज तामाङलाई पनि पक्राउ गरेको छ।

नुवाकोटको सूर्यगढी गाउँपालिका-२ घर भई धितालथोक बस्ने तामाङलाई सोमबार दिउँसो करिब ३ः१५ बजे लागुऔषध बिक्री भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०८३ १९:३४ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
काठमाडौँ–धुलिखेलमैत्री पार्क निर्माण सम्झौता

काठमाडौँ–धुलिखेलमैत्री पार्क निर्माण सम्झौता

बनेपा (काभ्रे), ९ मङ्सिर । काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाले धुलिखेल क्षेत्रमा पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि विस्तार गर्न मैत्री पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । ...

#काठमाडौं
Compare →
Ekantipur
1d ago
काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाउने सहमति

काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाउने सहमति

१२ वर्षदेखि नेपालले उठाउँदै आएको मागमा राजनीतिक सहमति जुटे पनि आईकाओ प्रक्रिया र प्राविधिक अध्ययनपछि मात्र रुट औपचारिक सञ्चालनमा आउनेछ ।

#काठमाडौं
Compare →
Bizshala
1d ago
आज साँझ काठमाण्डौका मोबाइलमा अचानक बज्न सक्छ चेतावनीको साइरन, नआत्तिन गृह मन्त्रालयको आग्रह

आज साँझ काठमाण्डौका मोबाइलमा अचानक बज्न सक्छ चेतावनीको साइरन, नआत्तिन गृह मन्त्रालयको आग्रह

काठमाण्डौ । आज साँझ काठमाण्डौका केही क्षेत्रमा मोबाइल फोनमा अचानक चेतावनीको आवाजसहित सन्देश आउन सक्ने भएको छ।...

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2621