Trending
Prev Story
Next Story

साउदीविरुद्ध आईएलओमा परेको उजुरी बन्द, एम्नेस्टीको असन्तुष्टि

Ekantipur •
November 24, 2026 • 08:03 AM
9
9 reads 0 reactions

एम्नेस्टीले साउदीको कफाला प्रणाली, कानुनी अस्पष्टता र स्वतन्त्र अनुगमनको अभावका कारण लाखौँ श्रमिकमाथिको जोखिम कायमै रहेको बताएको छ ।

साउदीविरुद्ध आईएलओमा परेको उजुरी बन्द, एम्नेस्टीको असन्तुष्टि

एम्नेस्टीले साउदीको कफाला प्रणाली, कानुनी अस्पष्टता र स्वतन्त्र अनुगमनको अभावका कारण लाखौँ श्रमिकमाथिको जोखिम कायमै रहेको बताएको छ ।

काठमाडौँ — साउदी अरबमा आप्रवासी श्रमिकमाथि भइरहेको शोषण, जबर्जस्ती श्रम र विभेद अन्त्य गर्न अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा परेको उजुरी बन्द गरिएको छ । साउदी अरब सरकार र आईएलओका श्रमिक प्रतिनिधिबीच ५ वर्षे सहकार्य गर्ने सहमति भएपछि उजुरी प्रक्रिया टुंग्याइएको हो ।

उजुरी बन्द गर्ने निर्णयलाई एम्नेस्टी इन्टरनेसनलले साउदी अरबमा कार्यरत लाखौँ आप्रवासी श्रमिकका लागि धक्काका रूपमा व्याख्या गरेको छ । संस्थाका आर्थिक तथा सामाजिक न्याय प्रमुख इयान बर्नले श्रमिकमाथि हुने दुर्व्यवहारका मुख्य कारण अझै सम्बोधन नभएको अवस्थामा उजुरी बन्द गर्नुले साउदी सरकारमाथि हुँदै आएको अन्तर्राष्ट्रिय दबाब कमजोर बनाउने बताएका छन् । साउदीमा ४ लाख नेपाली कार्यरत छन् ।

‘आईएलओमा साउदी अरबविरुद्ध दायर गरिएको औपचारिक उजुरी समयअगावै बन्द गरिनु त्यहाँ कार्यरत लाखौँ आप्रवासी श्रमिकका लागि ठूलो धक्का हो,’ बर्नले भनेका छन्, ‘उजुरी दायर गर्नुपर्ने अवस्था सिर्जना गरेका समस्या अझै समाधान भएका छैनन् ।’

उनका अनुसार साउदी अरबमा कायम कफाला प्रणाली आप्रवासी श्रमिकमाथि हुने शोषण र दुर्व्यवहारको प्रमुख कारणमध्ये एक हो । यस प्रणालीले श्रमिकलाई रोजगारदातामा निर्भर बनाउँदा जबर्जस्ती श्रम, शोषण र जातीय विभेदको जोखिम बढाएको छ । श्रमिकलाई न्यायमा पहुँच प्राप्त गर्नसमेत कठिनाइ भइरहेको एम्नेस्टीको भनाइ छ ।

साउदी अरब र श्रमिक प्रतिनिधिबीच भएको सहमतिले श्रम अधिकार सुधारका विभिन्न क्षेत्र समेटे पनि त्यसलाई कार्यान्वयन गर्ने ठोस कानुनी तथा नीतिगत प्रतिबद्धता भने स्पष्ट नभएको बर्नले बताएका छन् । सहमतिमा सुधारका लागि निश्चित समयसीमा, सार्वजनिक रूपमा मापन गर्न सकिने उपलब्धि र स्वतन्त्र अनुगमन संयन्त्रसमेत उल्लेख छैन ।

‘सहमतिअनुसारको ढाँचाले श्रमिक अधिकारमा वास्तविक सुधार ल्याइरहेको प्रमाण प्राप्त हुनुअघि नै उजुरी बन्द गरेर आईएलओको गभर्निङ बडीले साउदी अधिकारीमाथि हुने अन्तर्राष्ट्रिय निगरानी र दबाबको महत्त्वपूर्ण स्रोत हटाएको छ,’ उनले भनेका छन् ।

एम्नेस्टीले उजुरी बन्द भएको दिनभन्दा अघिल्लो दिन मात्रै साउदी अरबमा अमेजनका गोदाममा कार्यरत आप्रवासी श्रमिक अझै शोषणमा परेको प्रतिवेदन सार्वजनिक गरेको थियो । वर्षौंदेखि सरकारले श्रम सुधारको प्रतिबद्धता जनाउँदै आए पनि कफाला प्रणालीका कारण श्रमिकमाथि दुर्व्यवहार जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।

एम्नेस्टीका अनुसार श्रमिकलाई भविष्यमा अवस्था सुधार हुने आश्वासन मात्र पर्याप्त छैन । सुधारका ठोस योजना, कार्यान्वयनको समयसीमा, मापन गर्न सकिने उपलब्धि, पारदर्शी अनुगमन र प्रतिबद्धता पूरा नगरे जवाफदेही बनाउने व्यवस्था आवश्यक छ ।

‘यो प्रक्रियाको मूल्यांकन कति बैठक भए वा कस्ता छलफल भए भन्ने आधारमा होइन, आप्रवासी श्रमिकको अवस्थामा वास्तविक सुधार आयो कि आएन भन्ने आधारमा गरिनुपर्छ,’ बर्नले भनेका छन्, ‘उजुरी बन्द हुँदैमा त्यसका कारण बनेका दुर्व्यवहार र समस्या समाधान भएको अर्थमा बुझ्नु हुँदैन ।’

अफ्रिकी ट्रेड युनियन समूहहरूले सन् २०२५ जुनमा आईएलओको संविधानको धारा २६ अन्तर्गत साउदी अरबविरुद्ध औपचारिक उजुरी दिएका थिए । साउदी अरबले आईएलओका विभिन्न महासन्धिअन्तर्गत पूरा गर्नुपर्ने दायित्व उल्लंघन गर्दै आप्रवासी श्रमिकको अधिकारमाथि निरन्तर र व्यापक रूपमा ज्यादती गरेको उनीहरूको आरोप थियो । उजुरीमा यसबारे छानबिन गर्न अनुसन्धान आयोग गठन गर्न माग गरिएको थियो ।

आईएलओको गभर्निङ बडीले सन् २०२५ नोभेम्बरमा उक्त उजुरीलाई विचारयोग्य ठहर गरेको थियो । त्यसपछि सन् २०२६ मार्चमा एम्नेस्टी इन्टरनेसनलसहित विभिन्न मानव अधिकारवादी संस्थाले साउदी अरबको उजुरी बन्द गर्ने अनुरोध अस्वीकार गर्न आईएलओलाई आग्रह गरेका थिए ।

तर साउदी अरब सरकार र आईएलओका श्रमिक प्रतिनिधिबीच भएको नयाँ सहमतिले उजुरी प्रक्रिया बन्द गर्ने बाटो खोलेको हो । सहमतिअनुसार सन् २०२७ देखि २०३१ सम्म पाँच वर्षे ‘सहकार्य तथा प्राविधिक सहयोगको ढाँचा’ कार्यान्वयन हुनेछ ।

यसमा श्रमिकको आवागमन, भर्ना प्रक्रिया, ज्याला संरक्षण, व्यावसायिक सुरक्षा तथा स्वास्थ्य, श्रम निरीक्षण, विभेदरहित व्यवहार र कार्यस्थलमा आधारभूत अधिकारलाई प्राथमिकतामा राखिएको छ ।

सहमतिमा श्रम सुधारका विषय पहिचान गर्ने, कार्यान्वयन गर्ने र अनुगमन गर्ने प्रक्रिया पनि उल्लेख छ । यसका लागि सरकार, रोजगारदाता र श्रमिक प्रतिनिधिबीच संरचित त्रिपक्षीय संवाद हुनेछ । संयुक्त प्राविधिक कार्यदलले प्रत्येक छ महिनामा प्रगतिको समीक्षा गर्नेछ भने आईएलओका महानिर्देशकलाई वार्षिक प्रतिवेदन बुझाइनेछ ।

तर सुधारका विषयमा स्पष्ट कानुनी प्रतिबद्धता, कार्यान्वयनको समयसीमा र स्वतन्त्र अनुगमनको व्यवस्था नहुँदा साउदी अरबमा कार्यरत आप्रवासी श्रमिकको अधिकार संरक्षणमा यो सहमतिले कति प्रभाव पार्छ भन्ने प्रश्न उठेको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
5d ago
राष्ट्र बैंकको आग्रह : साइबर तथा डिजिटल वित्तीय ठगीको उजुरी १२४७ मा गर्नु

राष्ट्र बैंकको आग्रह : साइबर तथा डिजिटल वित्तीय ठगीको उजुरी १२४७ मा गर्नु

नेपाल राष्ट्र बैंकले ‘साइबर’ तथा ‘डिजिटल’ वित्तीय ठगीसम्बन्धी घटनाको उजुरी तथा गुनासो तत्काल सम्बोधन गराउन १२४७ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

#उजुरी
Compare →
Bizshala
1w ago
एम्नेस्टी इन्टरनेसनलले भन्यो– अमेजनका साउदीस्थित गोदाममा नेपाली श्रमिकमाथि शोषण

एम्नेस्टी इन्टरनेसनलले भन्यो– अमेजनका साउदीस्थित गोदाममा नेपाली श्रमिकमाथि शोषण

काठमाडौं । अमेजनले श्रमिकको भर्ती प्रक्रिया र आवासीय सुविधामा सुधार गरे पनि साउदी अरबस्थित आफ्ना गोदाममा कार्यरत...

#एम्नेस्टी
Compare →
Hamro Patro News
1w ago
साउदीस्थित अमेजनका गोदाममा नेपाली श्रमिक शोषणमा : एम्नेस्टी

साउदीस्थित अमेजनका गोदाममा नेपाली श्रमिक शोषणमा : एम्नेस्टी

साउदीस्थित अमेजनका गोदाममा नेपाली श्रमिक शोषणमा : एम्नेस्टी कामबाट हटाइएपछि महिनौंसम्म पारिश्रमिक नपाउने र अर्को रोजगारीमा जान वा स्वदेश फर्कनसमेत कठिनाइ भोग्नुपरेको एम्नेस्टी इन्टरनेसनलको प्रतिवे...

#एम्नेस्टी
Compare →
Onlinekhabar
1w ago
बेनामे उजुरीले खोल्यो दूध किसानमाथिको लुट, कर्मचारीको खातामा किसानको १२ करोड

बेनामे उजुरीले खोल्यो दूध किसानमाथिको लुट, कर्मचारीको खातामा किसानको १२ करोड

३० कात्तिक, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा गत ७ जेठमा आएको एउटा बेनामे उजुरीमा दूध किसानमाथि लुट भइरहेको दाबी गरिएको थियो। दुग्ध विकास संस्थान (डीडीसी) ले दूध किसानमाथि खुल्लमखुल्ला ठगीको धन्दा चलाएको …

#उजुरी
Compare →
Arthasansar
1w ago
तीन महिनामा बीमा प्राधिकरणबाट ९४ वटा उजुरी फर्छ्यौट

तीन महिनामा बीमा प्राधिकरणबाट ९४ वटा उजुरी फर्छ्यौट

नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज)सम्म ९४ वटा उजुरी फर्छ्यौट गरेको छ। बीमा प्राधिकरणले फैसला...

#उजुरी
Compare →

Related Stories

World News
Build #2625