Trending
Prev Story
Next Story

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माविरुद्ध सर्वोच्चमा रिट

Ekantipur •
November 24, 2026 • 07:32 AM
13
13 reads 0 reactions

नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको बेला विधि प्रक्रियाभन्दा बाहिर रहेर नियुक्ति गरिएको दाबी रिटमा छ ।

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माविरुद्ध सर्वोच्चमा रिट

नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको बेला विधि प्रक्रियाभन्दा बाहिर रहेर नियुक्ति गरिएको दाबी रिटमा छ ।

काठमाडौँ — लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

बौद्ध भिक्षुणी डोल्माको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानका तर्फबाट सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ ।

नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको बेलामा विधि प्रक्रियाभन्दा बाहिर रहेर  नियुक्ति गरिएको अभियानको दाबी छ ।

रिट निवेदकमा संगठनका संयोजक सुनिल सिंह, वीरजन विश्वकर्मा र सफलता बोगटीलगायत छन् ।

आनीलाई सरकारले असोज ३१ गते लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । लुम्बिनी विकास कोष ऐनअनुसार उपाध्यक्षको पदावधि पाँच वर्षको हुनेछ ।

दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
आनी छोइङको नियुक्ति विवाद सर्वोच्च पुग्यो, लुम्बिनी विकास कोषको उपाध्यक्ष पदबाट हटाउन माग

आनी छोइङको नियुक्ति विवाद सर्वोच्च पुग्यो, लुम्बिनी विकास कोषको उपाध्यक्ष पदबाट हटाउन माग

काठमाण्डौ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्माको नियुक्ति विवाद सर्वोच्च अदालत पुगेको छ। उनको...

#नियुक्ति #लुम्बिनी #विकास
Compare →
Hamro Patro News
3h ago
लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्मा विरूद्धको रिटमा कारण देखाउ आदेश

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्मा विरूद्धको रिटमा कारण देखाउ आदेश

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ। बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरे...

#लुम्बिनी #विकास #कोष
Compare →
Nagarik News
1d ago
लुम्बिनी विकास कोषमा आनीको नियुक्ति खारेज गर्न माग गर्दै रिट दर्ता

लुम्बिनी विकास कोषमा आनीको नियुक्ति खारेज गर्न माग गर्दै रिट दर्ता

लुम्बिनी विकास कोषी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

#रिट #लुम्बिनी #विकास
Compare →
Onlinekhabar
5d ago
आनी छोइङ डोल्माबारे सर्वोच्चमा आगामी सोमबार छलफल हुने

आनी छोइङ डोल्माबारे सर्वोच्चमा आगामी सोमबार छलफल हुने

९ मंसिर, काठमाडौं । गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे आगामी सोमबार (१४ मंसीर)छलफलका लागि बोलाएको छ । सर्वोच्च अदालतले दुवै पक्षविचको छलफलपछि …

#छोइङ #आनी #सर्वोच्च
Compare →

Related Stories

National (Nepal)
Build #2625