Trending
Prev Story
Next Story

ह्वाङको पुनरागमनले एनभिडियामा उछाल, बजार मूल्यमा थपियो १० खर्ब डलर

Bizshala •
November 24, 2026 • 05:37 AM
20
20 reads 0 reactions

काठमाडौं । जेन्सेन ह्वाङ पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा फर्किएपछि अमेरिकी प्रविधि कम्पनी एनभिडियाको बजार...

ह्वाङको पुनरागमनले एनभिडियामा उछाल, बजार मूल्यमा थपियो १० खर्ब डलर

काठमाडौं । जेन्सेन ह्वाङ पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा फर्किएपछि अमेरिकी प्रविधि कम्पनी एनभिडियाको बजार पुँजीकरणमा करिब एक ट्रिलियन अमेरिकी डलर (१० खर्ब डलर) वृद्धि भएको छ।

बीबीसी न्युजका अनुसार ह्वाङको पुनर्नियुक्तिको घोषणापछि एनभिडियाको सेयर मूल्य ३१ प्रतिशतभन्दा बढीले बढेको छ। यसको प्रभाव अन्य प्रविधि कम्पनीका सेयरमा समेत देखिएको छ।

कम्पनीले ह्वाङलाई तत्काल लागू हुने गरी पुनः सीईओ नियुक्त गरेको हो। उनको राजीनामाको दुई साताभन्दा कम समयमै पुनरागमन भएको हो।

एक महिलासँगको सम्बन्ध स्वीकार गरेपछि ह्वाङले पदबाट राजीनामा दिएका थिए। ती महिलामाथि चिनियाँ जासुस भएको आरोप लागेको थियो। यस घटनाक्रमपछि चिप निर्माता एनभिडियाको सेयर मूल्यमा उल्लेख्य गिरावट आएको थियो।

ह्वाङको पुनर्नियुक्तिको घोषणापछि अन्य चिप निर्माता कम्पनीका सेयरमा पनि वृद्धि भएको छ। माइक्रोन टेक्नोलोजीको सेयर मूल्य १९ प्रतिशतले बढ्दा एएमडीको सेयर मूल्य करिब सात प्रतिशतले उकालो लागेको छ।

त्यस्तै, प्रविधि कम्पनीहरू केन्द्रित न्यास्ड्याक सूचक ६.५ प्रतिशत र एस एन्ड पी ५०० सूचक ४.७५ प्रतिशतले बढेका छन्।

सेयर मूल्यमा आएको वृद्धिसँगै एनभिडियाको बजार पुँजीकरण पुनः करिब चार ट्रिलियन अमेरिकी डलर पुगेको छ। यद्यपि, कम्पनीको सेयर मूल्य एक महिनाअघिको तुलनामा अझै करिब २१ प्रतिशत कम रहेको समाचारमा उल्लेख छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
राजीनामा दिएको ११ दिनपछि पुनः पदमा फर्किए एनभिडियाका सीईओ हुआङ

राजीनामा दिएको ११ दिनपछि पुनः पदमा फर्किए एनभिडियाका सीईओ हुआङ

विभिन्न विवाद र आरोपका कारण राजीनामा दिएको ११ दिनपछि जेन्सेन हुआङ पुनः एनभिडियाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा फर्किएका छन्।

#एनभिडिया #पुन #सीईओ
Compare →
Onlinekhabar
5d ago
जेनसनको पुनर्नियुक्तिपछि एनभिडियाको बजार मूल्यमा उछाल

जेनसनको पुनर्नियुक्तिपछि एनभिडियाको बजार मूल्यमा उछाल

८ मंसिर, काठमाडौं । जेनसन हुआङ सीईओमा पुनर्नियुक्त भएपछि टेक कम्पनी एनभिडियाको बजार मूल्यमा उछाल आएको छ । बीबीसी न्यूजका अनुसार कम्पनीको शेयर मूल्यमा ३१ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । शेयर मूल्यमा आएको वृद्धिसँगै एनभिडियाको बजार …

#एनभिडिया #उछाल #मूल्यमा
Compare →
Ekantipur
1d ago
एनभिडियामा जेन्सेन हुआङको पुन:बहाली

एनभिडियामा जेन्सेन हुआङको पुन:बहाली

विवाहेत्तर सम्बन्धसँग जोडिएको विवाद र राष्ट्रिय सुरक्षासम्बन्धी प्रश्न उठेपछि एनभिडियाको प्रमुख कार्यकारी अधिकृत पदबाट नोभेम्बर १२ मा राजीनामा दिएका जेन्सेन हुआङलाई कम्पनीले पुन: बहाली गरेको छ ।

#एनभिडिया #पुन
Compare →
Hamro Patro News
2d ago
ट्रम्पले गरे जेन्सेन हुआङलाई एनभिडियाको सीईओमा पुनः नियुक्त गर्न आग्रह

ट्रम्पले गरे जेन्सेन हुआङलाई एनभिडियाको सीईओमा पुनः नियुक्त गर्न आग्रह

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका सञ्चालक समितिले जेन्सन हुआङलाई पुनः कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने आशा व्यक्त गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट...

#एनभिडिया #पुन
Compare →

Related Stories

Business & Economy
Build #2625