Trending
Prev Story
Next Story

एनभिडियाको मुख्यालय फर्किए जेनसन, कर्मचारीसँग मागे माफी

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
12
12 reads 0 reactions

८ मंसिर, काठमाडौं । एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङ कम्पनीको मुख्यालय फर्किंदा कर्मचारीहरूले भव्य स्वागत गरेका छन् । हुआङ मुख्यालय फर्किएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । भिडियोमा कर्मचारीहरूले नाम पुकार्दै …

एनभिडियाको मुख्यालय फर्किए जेनसन, कर्मचारीसँग मागे माफी

८ मंसिर, काठमाडौं । एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङ कम्पनीको मुख्यालय फर्किंदा कर्मचारीहरूले भव्य स्वागत गरेका छन् ।

हुआङ मुख्यालय फर्किएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । भिडियोमा कर्मचारीहरूले नाम पुकार्दै स्वागत गरेको र अंगालो हाल्दै स्वागत गरेको देखिन्छ ।

कर्मचारीहरूले बारम्बार जेन्सनको नाम पुकार्दै खुसी व्यक्त गरेपछि उनले आफू दोस्रो पटक अझ राम्रो सीईओ बन्ने बताएका थिए । उनले कर्मचारीहरूलाई विभिन्न घटनाक्रमबाट गुज्रिनुपरेकोमा माफीसमेत मागे ।

काममा फर्किएपछि आईटी विभागले आफूलाई नयाँ कम्प्युटर दिने भन्दै उनले ठट्टासमेत गरेका थिए ।

स्वागतका क्रममा उपस्थित दर्जनौं कर्मचारीलाई सम्बोधन गर्दै हुआङले आफूलाई दोस्रो मौका दिएकोमा धन्यवाद व्यक्त गरे । ‘दोस्रो मौका दिनुभएकोमा तपाईंहरू सबैलाई धन्यवाद,’ उनले भने ।

उनको सम्बोधनको अन्त्यतिर एक महिला कर्मचारी दौडिएर उनी नजिक पुगेर उनलाई अँगालो हालेकी थिइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
एनभिडियामा फर्किएका जेन्सेनको भव्य स्वागत, ‘हामी तपाईंलाई माया गर्छौं’ भन्दै कर्मचारीले अँगालो हाले

एनभिडियामा फर्किएका जेन्सेनको भव्य स्वागत, ‘हामी तपाईंलाई माया गर्छौं’ भन्दै कर्मचारीले अँगालो हाले

कर्मचारीलाई धन्यवाद दिँदै हुआङले भने, ‘दोस्रो मौका दिनुभएकोमा सबैलाई धन्यवाद। यसपटक म अझ राम्रो सीईओ बन्नेछु।’

#कर्मचारी #स्वागत #हुआङ
Compare →
Bizshala
1w ago
एनभिडियाले भन्यो– जेनसन हुआङलाई पुनः सीईओ बनाउने योजना छैन

एनभिडियाले भन्यो– जेनसन हुआङलाई पुनः सीईओ बनाउने योजना छैन

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले जेनसन हुआङलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने कुनै...

#हुआङ #एनभिडिया #जेनसन
Compare →
Hamro Patro News
1d ago
जेन्सेन हुआङ एनभिडियाको प्रमुख कार्यकारी अधिकृतमा पुन: फर्किए

जेन्सेन हुआङ एनभिडियाको प्रमुख कार्यकारी अधिकृतमा पुन: फर्किए

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाको सञ्चालक समितिले जेन्सेन हुआङलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अध्यक्ष पदमा पुनः नियुक्त गरेको छ ।

#हुआङ #एनभिडिया #फर्किए
Compare →
Ekantipur
22h ago
एनभिडियामा जेन्सेन हुआङको पुनर्बहाली : अझै अनुत्तरित छन् प्रश्‍नहरु

एनभिडियामा जेन्सेन हुआङको पुनर्बहाली : अझै अनुत्तरित छन् प्रश्‍नहरु

हुआङले आगामी डिसेम्बर १ मा अमेरिकी तल्लो सदन (हाउस) का तीनवटा समितिसमक्ष बन्द कोठामा हुने सुनुवाइमा आफ्नो स्पष्टीकरण दिनुपर्नेछ

#हुआङ #एनभिडिया
Compare →

Related Stories

Technology
Build #2621