Trending
Prev Story
Next Story

राष्ट्रपति कार्यालयमा विचाराधीन अध्यादेशको संख्या ३ पुग्यो

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
18
18 reads 0 reactions

८ मंसिर, काठमाडौं । राष्ट्रपति कार्यालयमा विचाराधीन अध्यादेशको संख्या तीन पुगेको छ । गत आइतबार जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग बनाउने सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । त्यसअघि नै दुई वटा अध्यादेश …

राष्ट्रपति कार्यालयमा विचाराधीन अध्यादेशको संख्या ३ पुग्यो

८ मंसिर, काठमाडौं । राष्ट्रपति कार्यालयमा विचाराधीन अध्यादेशको संख्या तीन पुगेको छ ।

गत आइतबार जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग बनाउने सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ ।

त्यसअघि नै दुई वटा अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छ ।

यसअघि सरकारले गत कात्तिक १७ गते दुई वटा अध्यादेश ल्याउने निर्णय गरेको थियो । उक्त निर्णयपछि सरकारले सिफारिस गरेका दुई वटा अध्यादेश राष्ट्रपति कार्यालयमा छन् ।

मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल नेपाल ऐन २०४८ लाई संशोधन गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन लगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेर राष्ट्रपति कार्यालय पठाएको हो ।

राष्ट्रपति कार्यालयले प्राप्त अध्यादेश अध्ययनको क्रममा रहेको बताएको छ ।

संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य समयमा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछन् ।

अध्यादेश जारी भएपछि बसेको संघीय संसद्को दुवै सदनमा पेस गर्नुपर्छ ।

दुवै सदनले स्वीकृत नगरेमा वा अध्यादेश प्रतिस्थापन विधेयक आएर ऐनमा रूपान्तरित नभए सदनमा पेस भएको ६० दिनभित्र स्वत: निष्क्रिय हुनेछ ।

साथै, राष्ट्रपतिले चाहेमा जुनसुकै समयमा पनि अध्यादेश खारेज गर्न सक्छन् ।

सरकारले अध्यादेशमा के कस्ता विषय समावेश गरिएको छ भनेर कुनै जानकारी दिएको छैन । साथै, अध्यादेश ल्याउनुपर्ने कारण पनि स्पष्ट खुलाएको छैन ।

संविधानत: संसद् अधिवेशन नचलेको अवस्थामा तत्काल केही गर्न आवश्यक परे अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ ।

‘संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ’ संविधानको धारा ११४ मा छ । यसरी जारी भएको अध्यादेश ऐन सरह मान्य हुनेछ ।

तर सरकारले तत्काल केही गर्न आवश्यक परेको विषय के हो केही खुलाएको छैन । राष्ट्रपतिको कार्यालयले पनि अध्यादेश प्राप्त भएको सूचना दिएको छ ।

तर, के कस्ता प्रावधान छन् भनेर केही खुलाएको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
22h ago
राष्ट्रपति कार्यालयमा किन भयो अध्यादेश ‘होल्ड’ ?

राष्ट्रपति कार्यालयमा किन भयो अध्यादेश ‘होल्ड’ ?

प्रेस काउन्सिलसम्बन्धी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश करिब तीन सातादेखि राष्ट्रपति कार्यालयमा छ ।

#अध्यादेश #राष्ट्रपति #कार्यालयमा
Compare →
Nagarik News
2d ago
जेन–जी आन्दोलनका मुद्दा टुंग्याउन आयोग गठनको तयारी, अध्यादेश राष्ट्रपति कार्यालयमा

जेन–जी आन्दोलनका मुद्दा टुंग्याउन आयोग गठनको तयारी, अध्यादेश राष्ट्रपति कार्यालयमा

मन्त्रिपरिषद्को मंसिर ४ गतेको बैठकबाट सिफारिस भएको ‘जेन–जी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ अहिले राष्ट्रपति कार्यालयमा पुगेको छ।

#अध्यादेश #राष्ट्रपति #कार्यालयमा
Compare →
Hamro Patro News
4d ago
राष्ट्रपति र परराष्ट्रमन्त्रीसँग जापानका उपमन्त्री फुजीको शिष्टाचार भेट

राष्ट्रपति र परराष्ट्रमन्त्रीसँग जापानका उपमन्त्री फुजीको शिष्टाचार भेट

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी काजुहिरोले शिष्टाचार भेटवार्ता गरेका छन्। शनिबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा उपमन्त्री फुजीले...

#राष्ट्रपति
Compare →
Bizshala
5h ago
सार्वजनिक ऋणको भारी झण्डै ३० खर्ब पुग्यो, चार महिनामै साँवाब्याज तिर्न १ खर्ब ४१ अर्ब खर्च

सार्वजनिक ऋणको भारी झण्डै ३० खर्ब पुग्यो, चार महिनामै साँवाब्याज तिर्न १ खर्ब ४१ अर्ब खर्च

काठमाण्डौ । नेपालको सार्वजनिक ऋणको आकार झण्डै ३० खर्ब रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा...

#पुगे #पुग्यो
Compare →

Related Stories

Opinion & Editorial
Build #2625