एजेन्सी । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यममा नेता किम जोङ उनकी नयाँ तस्वीरहरू सार्वजनिक भएका छन्। केही घण्टाअघि मात्रै मस्तिष्कमा रक्तस्राव (ब्रेन ह्यामरेज) भएर उनको मृत्यु भएको हल्ला फैलिएको थियो। तर सार्वजनिक तस्वीरमा उनी आफ्नो स्वास्थ्य अवस्थालाई लिएर फैलिएको हल्लाभन्दा निकै स्वस्थ देखिएका छन्।
उत्तर कोरियाको सरकारी अखबार ‘रोदोङ सिनमुन’ ले यी तस्वीरहरू प्रकाशित गरेको हो। तस्वीरमा ४२ वर्षीय शासक किम जोङ उन आफ्नी छोरीसँगै कपडा तथा जुत्ताको प्रदर्शनी अवलोकन गरिरहेको देखिन्छन्।
Read full story at source ( nepalviews.com )