Trending
Prev Story
Next Story

भारतको कुमाउ रेजिमेन्ट नेपाल आइपुग्यो

Nagarik News •
November 23, 2026 • 03:06 PM
2
2 reads 0 reactions

संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को बिसौँ संस्करणमा सहभागी हुन भारतीय सेनाको टोली रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा आइपुगेको नेपाली सेनाले जनाएको छ।

भारतको कुमाउ रेजिमेन्ट नेपाल आइपुग्यो

नेपाल र भारतबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली सोमबार नेपाल आएको छ।

विसं २०६७ देखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा यो सैन्य अभ्यास सञ्चालन हुँदै आएको छ।

संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को बिसौँ संस्करणमा सहभागी हुन भारतीय सेनाको टोली रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा आइपुगेको नेपाली सेनाले जनाएको छ।

सो सैन्य अभ्यास यही मङ्सिर ९ देखि २२ गतेसम्म सञ्चालन हुने बताइएको छ। उक्त अभ्यासमा भारतीय सेनाको १२ कुमाउ रेजिमेन्ट र नेपाली सेनाका तर्फबाट ज्वालादल गण सहभागी हुने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जानकारी दिएको छ।

प्रकाशित: ७ मंसिर २०८३ २०:५१ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
22h ago
नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण हुँदै

नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण हुँदै

काठमाडौं । नेपाल र भारतबीचको रक्षा सहकार्य थप सुदृढ गर्ने उद्देश्यले संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण आयोजना हुने भएको छ । भारतीय सेनाले सोमबार सामाजिक सञ्जाल एक्समार्फत नेपाली सेना ...

#अभ्यास #सेना #भारत
Compare →
Ekantipur
3h ago
दुई दिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री वालेन्द्र शाह

दुई दिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री वालेन्द्र शाह

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए ।

#भारतीय #भारत
Compare →
Arthasansar
10h ago
साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आग्रह

साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका लागि खुला रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा...

#भारतीय #भारत
Compare →
Bizshala
15h ago
भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीका के–के छन् कार्यक्रम ?

भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीका के–के छन् कार्यक्रम ?

काठमाडौं। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग...

#भारतीय #भारत
Compare →

Related Stories

World News
Build #2612