Trending
Prev Story
Next Story

नेपाल टेलिकममा अन्तर्राष्ट्रिय बहिर्गमन कलको पल्स अवधि ६० सेकेन्ड

Ekantipur •
November 23, 2026 • 01:32 PM
2
2 reads 0 reactions

पहिले ३० सेकेन्डमा सीमित रहेको पल्स अब सबै देशका लागि ६० सेकेन्ड कायम भएपछि अन्तर्राष्ट्रिय कलको बिलिङ प्रणाली परिवर्तन भएको छ ।

नेपाल टेलिकममा अन्तर्राष्ट्रिय बहिर्गमन कलको पल्स अवधि ६० सेकेन्ड

पहिले ३० सेकेन्डमा सीमित रहेको पल्स अब सबै देशका लागि ६० सेकेन्ड कायम भएपछि अन्तर्राष्ट्रिय कलको बिलिङ प्रणाली परिवर्तन भएको छ ।

काठमाडौँ — नेपाल टेलिकमको फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय बहिर्गमन कल गर्दा लाग्ने पल्सको समयावधिमा परिमार्जन गरिएको नेपाल टेलिकमले जनाएकाे छ । यसअनुसार पहिले ३० सेकेन्डको पल्स दर कायम रहेकोमा अब सबै देशमा ६० सेकेन्डको पल्स दर कायम हुनेछ ।

दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणबाट भदाै २४ को निर्णयानुसार प्राप्त स्वीकृति बमोजिम उक्त पल्स दर कायम गरिएको विज्ञप्तिमा उल्लेख छ । अब सबै देशका दूरसञ्चार सेवा प्रदायकमा इन्टरनेसनल एक्सेस कोड ००/१४२४/१४२५/१४४५ को प्रयोग गरी वहिर्गमन कल गर्दा ६० सेकेन्डको पल्स दर कायम हुनेछ ।

यसअघि २०८२ फागुन १ को निर्णयानुसार प्राप्त स्वीकृति बमोजिम ५८ देशमा यो पल्स दर पहिलेदेखि नै कायम थियो । अब बाँकी देशमा समेत मंसिर ८ देखि नयाँ पल्स दर लागु हुने टेलिकमले उल्लेख गरेकाे छ ।

नेपाल टेलिकमले हाल विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकहरुमा कल गर्नका लागि विभिन्न एक्सेस कोडको व्यवस्था गरेको छ । कल गर्नका लागि सुरुमा एक्सेस कोड र त्यसपछि कन्ट्री कोडपश्चात सेवा प्रदायकको नम्बर डायल गर्नुपर्छ । विभिन्न देशमा कल गर्दा लाग्ने दररेट नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
2h ago
विदेशमा फोन गर्दा नेपाल टेलिकमको नयाँ नियम लागू हुँदै, अब सबै देशमा ६० सेकेन्डको पल्स दर

विदेशमा फोन गर्दा नेपाल टेलिकमको नयाँ नियम लागू हुँदै, अब सबै देशमा ६० सेकेन्डको पल्स दर

काठमाण्डौ । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय टेलिफोन कलमा लाग्ने पल्स दर परिवर्तन गरेको छ। कम्पनीले विदेशमा फोन गर्दा...

#नेपाल-टेलिकम #पल्स #सेकेन्ड
Compare →
Hamro Patro News
2d ago
नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न : ‘टावर छ, नेटवर्क छैन, किन ?’

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न : ‘टावर छ, नेटवर्क छैन, किन ?’

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै समस्या पहिचान गरी समाधान गर्न निर्देशन दिएका छन् । दुर्गमबाट मा...

#नेपाल-टेलिकम #टेलिकम
Compare →
Onlinekhabar
3d ago
नेपाल टेलिकमका अधिकारीसँग सञ्चारमन्त्रीले सोधे– टावर छ, नेटवर्क किन छैन ?

नेपाल टेलिकमका अधिकारीसँग सञ्चारमन्त्रीले सोधे– टावर छ, नेटवर्क किन छैन ?

४ मंसिर, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै समस्या पहिचान गरी समाधान गर्न निर्देशन दिएका छन् । दुर्गमबाट मात्र नभई सहरी क्षेत्रबाट समेत …

#नेपाल-टेलिकम #टेलिकम
Compare →
Nagarik News
6d ago
नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले वृद्धि

नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले वृद्धि

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ३७.३५ प्रतिशतले बढेको हो।

#नेपाल-टेलिकम #टेलिकम
Compare →
Arthasansar
1w ago
नेपाल टेलिकमको खुद मुनाफा ३७.३५ प्रतिशतले बढ्यो,अधिकांश सूचकमा सुधार

नेपाल टेलिकमको खुद मुनाफा ३७.३५ प्रतिशतले बढ्यो,अधिकांश सूचकमा सुधार

नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार यस त्रैमासमा प्राकृतिक...

#नेपाल-टेलिकम #टेलिकम
Compare →

Related Stories

World News
Build #2612