Trending
Prev Story
Next Story

चलचित्र विधेयकले यस क्षेत्रका आवश्यकता सम्बोधन गरेको छ : मन्त्री तिमिल्सिना

Nagarik News •
November 23, 2026 • 09:23 AM
4
4 reads 0 reactions

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र उद्योगका रूपमा विकोस भइरहेको अवस्थालाई सम्बोधन गर्नेगरी चलचित्र विधेयक ल्याइएको बताएका छन्।

चलचित्र विधेयकले यस क्षेत्रका आवश्यकता सम्बोधन गरेको छ : मन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र उद्योगका रूपमा विकोस भइरहेको अवस्थालाई सम्बोधन गर्नेगरी चलचित्र विधेयक ल्याइएको बताएका छन्।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा चलचित्र विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा उनले चलचित्र क्षेत्रका वर्तमान आवश्यकता, नयाँ प्रविधि र बदलिँदो अभ्यासअनुसार कानुनी व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्दै विद्यमान आवश्यकतालाई विधेयकले समेट्ने प्रयास गरेको बताए।

सञ्चारमन्त्री डा तिमिल्सिनाले चलचित्रलाई परम्परागत रूपमा मनोरञ्जनको साधनका रूपमा मात्र बुझ्ने गरिएको भए पनि पछिल्लो समय यो उद्योगका रूपमा विकास भइसकेको उल्लेख गरे।

चलचित्रको माध्यम, स्वरूप, प्रविधि र योगदानको दायरा विस्तार हुँदै गएको अवस्थामा पुरानो कानुनले अहिलेका आवश्यकता सम्बोधन गर्न नसक्ने उनको भनाइ छ।

‘चलचित्रमा नयाँ प्रविधि आएका छन्। चलचित्र के हो भन्ने बुझाइ नै परिवर्तन भएको छ। चलचित्र मनोरञ्जनको साधन मात्र नभई उद्योगका रूपमा विकास हुन थालेको छ । यसले योगदान गर्ने क्षेत्रको दायरा पनि बढेको छ’, उनले भने।

चलचित्र क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै उनले यस क्षेत्रमा विदेशी लगानी भित्र्याउने विषयमा समेत पुनर्विचार गर्न आवश्यक रहेको बताए।

चलचित्र क्षेत्रले खोजेको ऐन कस्तो हो भन्ने विषयमा समितिमा तथा संसद्मा विस्तृत छलफल गरी आवश्यक व्यवस्था विधेयकमा समेटिने उनले विश्वास व्यक्त गरे।

साथै, चलचित्र क्षेत्रका विद्यमान समस्या समाधान गर्ने र सरोकारवालाका माग सम्बोधन गर्ने गरी विधेयकलाई उत्कृष्ट बनाउन प्रयास गरिने उनले उल्लेख गरे।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रप्रसाद पौडेलले संविधानको धारा ५१ मा उल्लेख सामाजिक तथा सांस्कृतिक रूपान्तरणसम्बन्धी नीतिको कार्यान्वयनका लागि नयाँ चलचित्र ऐन आवश्यक रहेको बताए।

चलचित्र क्षेत्रको विकास, प्रवद्र्धन तथा नियमनलाई समयानुकूल बनाउन र अन्तर्राष्ट्रियस्तरमा स्थापित सम्बन्धलाई कानुनी आधार प्रदान गर्न विधेयक आवश्यक रहेको उनको भनाइ थियो।

चलचित्र विकास बोर्ड एशियन फिल्म कमिसन नेटवर्कको सदस्य रहेको तथा विश्वका विभिन्न चलचित्रसम्बन्धी संस्थासँग सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गर्दै सचिव पौडेलले त्यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ कानुनी व्यवस्था आवश्यक रहेको बताए।

सरकारले २०२६ सालदेखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गर्दै संघीय संरचना, समावेशिता र नयाँ प्रविधिअनुकूल कानुनी व्यवस्था गर्न चलचित्र विधेयक अघि बढाएको हो।

चलचित्रलाई मनोरञ्जनको माध्यममा सीमित नराखी सामाजिक, सांस्कृतिक तथा सिर्जनशील उद्योगका रूपमा विकास गर्ने उद्देश्यले विधेयक ल्याइएको हो।

विधेयकमा चलचित्रमार्फत नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने, स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शनअघि अनिवार्य जाँचको व्यवस्था गर्ने तथा नेपाली चलचित्रको विकास, विस्तार, प्रवद्र्धन र नियमनलाई प्रभावकारी बनाउने प्रावधान समेटिएको छ।

प्रकाशित: ७ मंसिर २०८३ १५:०८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
22h ago
संसदीय समितिमा सोमबार ‘चलचित्र विधेयक’ माथि छलफल, सुझाव समेट्न माग

संसदीय समितिमा सोमबार ‘चलचित्र विधेयक’ माथि छलफल, सुझाव समेट्न माग

काठमाडौँ । राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आइपुगेको ‘चलचित्र विधेयक, २०८१’ माथि सोमबारदेखि छलफल सुरु हुँदैछ । तर, राष्ट्रिय सभाबाट पारि...

#चलचित्र #विधेयक
Compare →
Onlinekhabar
3d ago
चलचित्र विधेयकमाथि प्रस्तावना देखि नै संशोधन प्रस्ताव

चलचित्र विधेयकमाथि प्रस्तावना देखि नै संशोधन प्रस्ताव

४ मंसिर, काठमाडौं । प्रतिनिधिसभामा विचाराधीन चलचित्र विधेयकमा २४ जना सांसदले १२२ वटा संशोधन प्रस्ताव गरेका छन् । प्रस्तावित विधेयकमाथि प्रस्तावनादेखि नै संशोधन परेको छ । विधेयकको प्रस्तावनामा ‘स्वदेशी चलचित्रको विकास, विस्तार, प्रवर्धन र नियमन गर्न …

#चलचित्र #विधेयक
Compare →
Ekantipur
1w ago
सञ्चार मन्त्रालयले ल्याउँदै गरेको तीन विधेयक कहाँ पुग्यो ?

सञ्चार मन्त्रालयले ल्याउँदै गरेको तीन विधेयक कहाँ पुग्यो ?

प्रेस काउन्सिलसम्बन्धी विधेयक संसद्‍मा पेस हुने तयारीमा छ । आम सञ्चारको मस्यौदा बन्दै छ भने दूरसञ्चार विधेयक र नीति अझै तयारीकै चरणमा छन् ।

#विधेयक
Compare →

Related Stories

Politics & Governance
Build #2612