Trending
Prev Story
Next Story

दसैंमा सौराहामा घट्यो आन्तरिक पर्यटकको चहलपहल

Nagarik News •
October 23, 2026 • 03:31 AM
1
1 reads 0 reactions

भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासले यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ।

दसैंमा सौराहामा घट्यो आन्तरिक पर्यटकको चहलपहल

भोटीकोसी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासले यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ।

गत वर्ष जेन-जी आन्दोलनका कारण दसैँमा पर्यटक कम भए पनि अघिल्ला वर्षमा दसैँ बिदामा पर्यटकीय गन्तव्यमा चहलपहल निकै हुने गरेको थियो।

यहाँको पर्यटकीय गन्तव्य सौराहामा यस वर्षको दसैँमा अहिलेसम्म उत्साहजनक रूपमा आन्तरिक पर्यटक आएका छैनन्। क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे आफ्नो सौराहाको होटल ल्याण्डमार्कमा बिहीबार ७५ कोठामध्ये सात मात्र बुक भएको बताए।

उनले भने, “सौराहा मात्र होइन, निकै चहलपहल हुने पोखरामा पनि यस वर्ष पहिले जस्तो आन्तरिक पर्यटक छैनन्।”

वर्षाका कारण बाटो फेरि अवरुद्ध हुने डर आन्तरिक पर्यटकलाई भएको उनको अनुमान छ। यससँगै भोटेकोसी र बूढीगण्डकी बाढीका कारण धेरै जनधनको क्षतिका कारण नेपालीले यस वर्ष उत्साहपूर्ण दसैँ नमनाएको उनको भनाइ छ।

अबका दिनमा क्रमशः पर्यटक बढ्ने उनले अपेक्षा व्यक्त गरे। भोटेकोसी बाढीपछि सारिएका बुकिङ क्रमशः हुन थालेको उनले बताए। नयाँ बुकिङ आउन थालेकाले दसैँसँगै आन्तरिक र बाह्य पर्यटक बढ्ने उनको अनुमान छ।

होटल व्यवसायी सुमन घिमिरे आज शुक्रबार भएकाले अब क्रमशः सौराहामा आन्तरिक पर्यटक बढ्दै जाने बताउँछन्। उनले भने, “अब क्रमशः पर्यटक बढ्नेमा हामी विश्वस्त छौं।”

शुक्रबार, शनिबार र आइतबार धेरै होटल भरिने अनुमान गर्दै उनले भने, “दसैँ बिदा भएकाले आन्तरिक पर्यटकले सौराहा भरिन्छ भन्नेमा हामी आशावादी छौँ।”

विगतका वर्षमा जस्तो चहलपहल अहिलेसम्म सौराहामा भई नसकेको उनले बताए। अब पर्यटक बढ्न थालेपछि क्रमशः वैशाखसम्म आगमन हुने उनी बताउँछन्। उनले भने, “पर्यटक बढेपछि क्रमशः बढ्ने र उच्च विन्दुमा पुगेर तल झर्ने गर्दछ।”

होटल भिष्टाका सञ्चालक रमेश सिलवाल दसैँसँगै आन्तरिक पर्यटक आउने आफूहरू आशावादी भएको बताउँछन्। दसैँको समयमा विदेशी पर्यटक केही आएको उनले बताए। भारतीयसहित अन्य देशबाट पर्यटकले सोधपुछ र बुकिङ गर्न थालेको उनको भनाइ छ।

व्यवसायी विदेशी पर्यटकको संख्या अब बढ्नेमा विश्वस्त छन्। भोटेकोसी बाढीको समयमा वर्षापछिको याम भएकाले धेरै पर्यटकको बुकिङ भए पनि रद्द हुँदा ठूलो नोक्सानी व्यवसायीहरूले व्यहोरेका थिए।

वनबास रिसोर्ट सौराहाका महाप्रबन्धक प्रकाश न्यौपाने दसैँको समयमा आफ्नो होटलमा विदेशी पर्यटकले भरिएको बताउँछन्। उनले भने, “गएको तीन दिन मेरो होटल विदेशी पर्यटकले भरिएको छ।” जर्मन, डेनमार्क, बेल्जियम, अष्ट्रेलियन र अमेरिकन आएको उनले बताए।

स्वदेशी पर्यटकको बुकिङ भने कमजोर रहेको जनाउँदै उनले अबका दिनमा पर्यटक बढ्नेमा आफू आशावादी भएको बताए। भोटेकोशी बाढीपछि रोकिएका पर्यटक आउन थालेको उनले बताए।

उनले भने, “जति नेपाल आएका छन् विगतमा जस्तैगरी उनीहरू सौराहा पनि आउन थालेका छन्।”

चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा सौराहा छ। निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटक धेरैजसो सौराहा बस्छन्। यससँगै भरतपुरको पटिहानी, जगतपुर, मेघौली लगायत क्षेत्रमा ती पर्यटक बस्छन्। तिनै क्षेत्रबाट हात्ती, जिप, डुङ्गा, पैदल निकुञ्ज र मध्यवर्ती क्षेत्रमा घुम्न उनीहरू रुचाउँछन्। एकसिङ्गे गैँडा, पाटेबाघ जस्ता दुर्लभ वन्यजन्तु हेर्न यहाँ पर्यटक आउँछन्।

देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनलाई सफारी पर्यटनमा एक नम्बर मानिन्छ। यहाँ थारु संस्कृति हेर्न पनि पर्यटक आउने गर्दछन्।

प्रकाशित: ६ कार्तिक २०८३ ०९:१६ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू] भाइटीका लगाएपछि चितवन र आसपासका क्षेत्रबाट पर्यटक घुम्न सौराहा पुगेका छन् । तर घोप्टेभीरको पहिरोका कारण पर्यटक आवागमन भने सोचेजति हुन नसकेको ...

#पर्यटक #आन्तरिक #चहलपहल
Compare →
Onlinekhabar
1d ago
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

२६ कात्तिक, रसुवा । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक …

#पर्यटक #चहलपहल
Compare →
Ekantipur
16h ago
पर्यटकले भरिभराउ लुक्ला, टिकट पाउनै मुस्किल

पर्यटकले भरिभराउ लुक्ला, टिकट पाउनै मुस्किल

विमानस्थलमा बिहानैदेखि काठमाडौं जाने र काठमाडौं हुँदै लुक्ला आउने पर्यटकको भीड देखिन्छ। सीमित उडान र यात्रुको अत्यधिक चापका कारण पर्यटकहरू आफ्नो उडानको पालो कुरिरहेका छन्।

#पर्यटक
Compare →
Bizshala
17h ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#चहलपहल
Compare →
Arthasansar
2d ago
रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

आज भाइटीका पर्वका अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ। दिदीबहिनी नभएका दाजुभाइ...

#चहलपहल
Compare →

Related Stories

Technology
Build #2611