प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आठ विषयमा समझदारी भएको छ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा फोरेन्सिक विज्ञानमा सहकार्यदेखि उपग्रह सञ्चारसम्म समझदारी भएको हो।
यी हुन् समझदारीमा हस्ताक्षर भएका आठ विषयः
१.फोरेन्सिक विज्ञानमा सहकार्य: गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फोरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग बीच अध्ययन र अनुसन्धानमा सहकार्य हुनेछ।
२. प्रहरी तालिमः भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठान बीच सम्झौतामा हस्ताक्षर।
३. प्रशासनिक अधिकारीहरूको तालिमः भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपालको प्रशासनिक कर्मचारी कलेजले संयुक्त रूपमा नेपाली सरकारी अधिकारीहरूलाई तालिम दिनेछन्।
४. आयुर्वेद र परम्परागत चिकित्साः दुवै देशले आयुर्वेद र अन्य परम्परागत उपचार विधिहरूमा सहकार्य गर्नेछन्।
५ उपग्रह सञ्चारः दक्षिण एसिया उपग्रह प्रयोग गरेर उपग्रह सञ्चार सञ्जाल निर्माण गर्न भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच सम्झौता भएको छ।
६. शहरी विकासः दुवै देशले दिगो शहरी विकासको क्षेत्रमा प्राविधिक रूपमा सहकार्य गर्नेछन्।
७. स्वास्थ्य र औषधिः भारत र नेपालले स्वास्थ्य सेवा र औषधिको क्षेत्रमा मिलेर काम गर्नेछन्।
८. पशुपालन र मत्स्यपालनः दुवै देशले पशुपालन र मत्स्यपालनको विकासमा सहकार्य गर्नेछन्।
प्रकाशित: ७ मंसिर २०८३ १४:४८ सोमबार