Trending
Prev Story
Next Story

यी हुन् नेपाल-भारतबीच भएका ८ समझदारी

Ekantipur •
November 23, 2026 • 09:02 AM
4
4 reads 0 reactions

फरेन्सिक विज्ञान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य, आयुर्वेद, भूउपग्रह सञ्चार र दिगो सहरी विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।

यी हुन् नेपाल-भारतबीच भएका ८ समझदारी

फरेन्सिक विज्ञान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य, आयुर्वेद, भूउपग्रह सञ्चार र दिगो सहरी विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।

नयाँ दिल्ली — प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । फरेन्सिक विज्ञान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य, भूउपग्रह सञ्चार र सहरी विकासलगायत क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो ।

समझदारीपत्रमध्ये एउटा गुजरातको गान्धीनगरस्थित नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी छ । त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच पनि समझदारी भएको छ ।

नेपालका निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि समझदारी भएको छ । यसमा भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स, प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभाग र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान सहभागी छन् ।

अन्य समझदारी आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणाली, दिगो सहरी विकास, स्वास्थ्य तथा औषधि र पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा रहेका छन् ।

नेपालको सूचना तथा सञ्चार मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) बीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने विषयमा पनि सम्झौता भएको छ ।

यी आठवटै समझदारीले विभिन्न क्षेत्रमा नेपाल र भारतबीचको द्विपक्षीय सहकार्य र संस्थागत साझेदारीलाई थप सुदृढ बनाउने लक्ष्य राखेका छन् ।

यसअघि प्रधानमन्त्री शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा नेपालतर्फ दार्चुला र भारततर्फ धार्चुला जोड्ने मोटर चल्ने पुल तथा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको उद्घाटन गरेका थिए ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्तापछि आयोजित भर्चुअल समारोहमा दुई नेताले तीनवटा परियोजनाको शिलान्यास पनि गरेका थिए । शिलान्यास गरिएका परियोजनामा भारतको उत्तराखण्डस्थित बनबासामा एकीकृत जाँच चौकी, झापामा ग्रिनफिल्ड पेट्रोलियम भण्डारण केन्द्र र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना छन् ।

त्यसैगरी, दुई नेताले नेपालस्थित जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्ट स्टेसन जोड्ने नयाँ यात्रुवाहक रेल सेवा 'सरयू–कमला एक्सप्रेस' को पनि भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1h ago
नेपाल र भारतबीच कृषिदेखि उपग्रह सञ्चारसम्म समझदारी

नेपाल र भारतबीच कृषिदेखि उपग्रह सञ्चारसम्म समझदारी

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आठ विषयमा समझदारी भएको छ।

#समझदारी #विज्ञान #भारतबीच
Compare →
Bizshala
53m ago
बालेन–मोदी वार्तापछि नेपाल र भारतबीच आठ महत्वपूर्ण समझदारी, प्रहरीदेखि अन्तरिक्ष प्रविधिसम्म सहकार्य विस्तार

बालेन–मोदी वार्तापछि नेपाल र भारतबीच आठ महत्वपूर्ण समझदारी, प्रहरीदेखि अन्तरिक्ष प्रविधिसम्म सहकार्य विस्तार

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को औपचारिक भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा...

#सहकार्य #भारतबीच #समझदारी
Compare →
Onlinekhabar
2d ago
नेपाल-भारतबीच भएका आठ समझदारी (सूचीसहित)

नेपाल-भारतबीच भएका आठ समझदारी (सूचीसहित)

७ मंसिर, काठमाडौं । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको दोस्रो दिन आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बालेनबीच आठ विषयमा समझदारी भएको हो। यी हुन् समझदारीमा …

#समझदारी #भारतबीच
Compare →

Related Stories

World News
Build #2612