जाडो मौसममा धेरैलाई आइपर्ने एक साझा समस्या हो– कपालमा चाया पर्नु । यो समयमा हावामा आर्द्रता कम हुँदा छाला सुख्खा हुन सक्छ, जसले टाउकोको छालामा पनि सुख्खापन बढ्छ् । यसले चिलाउने समस्या निम्त्याउन सक्छ । यस्तो अवस्थामा चाया पर्नु सामान्य हो ।
यो आम समस्या भए पनि यसलाई बेवास्ता गर्दा पछि गएर कपाल झर्ने समस्या पनि हुन सक्छ । चाया हटाउनका लागि हामी बजारमा ‘एन्टी-डन्ड्रफ’ स्याम्पूको खोजीमा दौडिन्छौँ । किनेर पनि ल्याउछौँ तर तिनले भनेजस्तो काम गरिरहेको हुँदैन ।
यस्तो समस्याबाट हैरान हुनुभएको छ भने हाम्रो घर, करेसाबारी तथा वरपर उलब्ध हुने सामग्री प्रयोग गरेर चायाले सामग्री बनाउन सकिन्छ ।
घरमै ‘एन्टी-डन्ड्रफ’ स्याम्पू कसरी बनाउने ?
घरमै बनाइएको स्याम्पूको सबैभन्दा राम्रो पक्ष भनेको यसबाट कुनै नकारात्मक असर पर्ने सम्भावना धेरै कम हुन्छ ।
शिकाकाई : ३–४ दाना यसलाई ठाउँअनुसार अमिली काँडा वा अन्य नामले पनि चिनिन्छ ।
-सबैभन्दा पहिले सिकाकाई, रिठ्ठा र मेथीको दानालाई रातभर पानीमा भिजाउने ।
-भोलिपल्ट एउटा ठूलो भाँडो यी सबैलाई राखेर २–३ कप पानी हाली उमाल्ने
-कम्तीमा १०–१५ मिनेटसम्म कम आगोमा उमाल्ने र यसरी उमालेपछि यी सबैको मिश्रण पानीमा जम्मा हुन्छ ।
–सेलाएपछि त्यसमा रहेका रिठ्ठा र शिकाकाई दानाहरूलाई निकाल्ने अनि बाँकी रहेको मिश्रणलाई मिक्सरमा पिसेर मसिनो बनाउने
–यो घोललाई छानेर र त्यसमा २ चम्चा घ्युकुमारीको जेल राम्ररी मिसाउने
–यसपछि ‘एन्टी-डन्ड्रफ’ स्याम्पू प्रयोगका लागि तयार भयो ।
कपाल धुने बेलामा, १–२ चम्चा स्याम्पूलाई कपालको जरासम्म पुग्ने गरी लगाउनुहोस्
यसलाई २–३ मिनेटसम्म रहन दिनुहोस्, अनि पानीले कपाल पखाल्ने क्रममा टाउकोको छालामा हल्का गरी माड्नुहोस् । त्यसपछि, पानीले कपाललाई राम्ररी पखाल्नुहोस् ।
यो स्याम्पू हप्तामा दुई पटक प्रयोग गर्न सकिन्छ । यसले चाया हटाउन र कपाललाई चम्किलो बनाइराख्न मद्दत गर्छ ।