Trending
Prev Story
Next Story

पाँच प्राकृतिक दहको भरमा पर्सा निकुञ्ज, पानीका लागि कृत्रिम पोखरी निर्माण

Ekantipur •
November 23, 2026 • 07:32 AM
6
6 reads 0 reactions

सुक्खायाममा खोला तथा खहरे सुक्ने भएकाले निकुञ्ज प्रशासनले कृत्रिम पोखरी निर्माण र ट्यांकरमार्फत पानी भर्ने कामलाई प्राथमिकता दिएको छ।

पाँच प्राकृतिक दहको भरमा पर्सा निकुञ्ज, पानीका लागि कृत्रिम पोखरी निर्माण

सुक्खायाममा खोला तथा खहरे सुक्ने भएकाले निकुञ्ज प्रशासनले कृत्रिम पोखरी निर्माण र ट्यांकरमार्फत पानी भर्ने कामलाई प्राथमिकता दिएको छ।

पर्सा — सुक्खायाममा वन्यजन्तुलाई खानेपानीको अभाव हुन नदिन पर्सा राष्ट्रिय निकुञ्जमा यस वर्ष थप दुईवटा आरसीसी पोखरी निर्माण गरिने भएको छ । निकुञ्जको पूर्वी क्षेत्र र हालको कालीदह क्षेत्रमा पोखरी निर्माण गर्ने तयारी भइरहेको निकुञ्ज आधाभार कार्यालयका संरक्षण तथा सूचना अधिकृत मनोज मण्डलले जानकारी दिए ।

निकुञ्जका विभिन्न क्षेत्रमा हालसम्म ४० वटा आरसीसी पोखरी निर्माण भइसकेका छन् । प्राकृतिक पानीका स्रोत सीमित हुनु र सुक्खायाममा खोला तथा खहरे सुक्दै जाँदा वन्यजन्तुलाई पिउने पानीको समस्या हुने गरेकाले निकुञ्ज प्रशासनले यस्ता पोखरी निर्माणलाई प्राथमिकता दिँदै आएको छ ।

सुक्खायाममा निकुञ्ज प्रशासनले ट्यांकरमार्फत यी पोखरीमा नियमित रूपमा पानी भण्डारण गर्ने गरेको छ । सामान्यतया दुई मिटर लम्बाइ र दुई मिटर चौडाइका यस्ता पोखरीमा पानी जम्मा गरेर वन्यजन्तुको प्यास मेटाउने प्रयास गरिँदै आएको छ ।

निकुञ्जमा काली, कामिनी, लौकी, हल्खोरिया र मिनी हल्खोरिया गरी पाँचवटा मात्र प्राकृतिक दह छन् । निकुञ्जभित्रका अधिकांश खोला खहरे प्रकृतिका भएकाले वर्षभरि पानी उपलब्ध हुँदैन । वर्षायाममा पानी पर्याप्त भए पनि हिउँद र गर्मीयाममा पानीका स्रोत सुक्ने हुँदा वन्यजन्तुलाई पानीको संकट हुने गरेको छ ।

प्राकृतिक जलस्रोतको सीमितताका कारण कृत्रिम पोखरी वन्यजन्तुका लागि पानीको वैकल्पिक स्रोत बनेका छन् । थप दुई पोखरी निर्माण भएपछि निकुञ्जका विभिन्न क्षेत्रमा वन्यजन्तुको पानीमा पहुँच सहज हुने अपेक्षा गरिएको छ । साथै यस वर्ष हाल प्रयोगमा रहेर जीर्ण भएका २ वटा आरसीसी पोखरी मर्मत सम्भारको योजना पनि रहेको संरक्षण अधिकृत मण्डल बताउँछन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
कुखुरालाई पानी खुवाउन खनिएको पोखरीमा पुरुषको शव फेला

कुखुरालाई पानी खुवाउन खनिएको पोखरीमा पुरुषको शव फेला

२ मंसिर, सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ सैनिक चोक टुड्कियास्थित मोहन यादवको कुखुरा फार्म छेउको आँप बगैँचामा रहेको पोखरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। कुखुरालाई पानी खुवाउन खनिएको पोखरीमा स्थानीयले पुरुषको शव देखेपछि प्रहरीलाई …

#पोखरी #पानी
Compare →
Nagarik News
1d ago
पर्सा-बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

पर्सा-बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

वीरगन्ज महानगरपालिकासहित पर्सा र बाराका चार पालिकालाई जोडेर नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ।

#पर्सा
Compare →
Hamro Patro News
2d ago
पर्यटनको नयाँ ‘ब्राण्ड’ बन्दै बाँके निकुञ्ज

पर्यटनको नयाँ ‘ब्राण्ड’ बन्दै बाँके निकुञ्ज

राँझा (बाँके) – सहरदेखि नजिकै वन्यजन्तु दृश्यावलोकन, जङ्गल सफारी र प्रकृतिको अनुपम सङ्गमले बाँके राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटनको लागि नयाँ ‘ब्राण्ड’ बन्दै गएको छ।

#निकुञ्ज
Compare →

Related Stories

Building & Construction
Build #2612