काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बहराइनस्थित अमेरिकी सैन्य अड्डाका राडार प्रणालीलाई निशाना बनाएको दाबी गरेको छ । पछिल्लो एक सातामा इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण गर्नुका साथै अमेरिकी ड्रोन खसालेको छ ।
विश्वको कुल तेल तथा ग्यास आपूर्तिको पाँच भागको एक भाग ओसारपसार हुने स्ट्रेट अफ होर्मुज र त्यस आसपासका क्षेत्रमा पछिल्लो सात दिनमा कम्तीमा २५ वटा ट्यांकरमाथि आक्रमण भएको छ । यसले खाडी क्षेत्रबाट हुने तेल आपूर्तिमा ठूलो गिरावट ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )