काठमाडौं । इण्डियाको दुई दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री बालेन शाह नयाँ दिल्ली पुगेका छन् । उनलाई इण्डियाका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले इन्दिरा गान्धि विमानस्थलमा स्वागत गरे ।
सरकारी प्रतिनिधि ३४ जना र ५० भन्दा बढी उद्योगी व्यवसायीसहित इण्डिया भ्रमणमा गएका प्रधानमन्त्री बालेन विमानस्थलबाट सिधै होटल ताजमहलमा गएका छन् । सोही होटलमा आजै साँझ त्यहाँका विदेशमन्त्री एस जयशंकरले भेट गर्ने कार्यक्रम छ । यसबाहेक आजका लागि प्रधानमन्त्री शाहको अन्य औपचारिक भेटघाट तथा कार्यक्रम तय भएको छैन ।
Read full story at source ( corporatenepal.com )