काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का उपाध्यक्ष प्रकाश दुलालले सरकारले ल्याएको नयाँ फ्रेमवर्क विद्युत खरिद सम्झौता (पीपीए) को सहज बनाउनुको साटो रोक्ने उद्देश्यले प्रेरित रहेको बताएका छन् ।
सरकारको १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने र १५ हजार मेगावाट निर्यात गर्ने महत्तवाकांक्षी लक्ष्यसँग यो मापदण्ड पटक्कै मेल नखाने उनले बताए। राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र, सरकारको सय बुँदे कार्ययोजना, नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा विकास तथा पीपीए खुला गर्ने प्रतिबद्धता जनाइए पनि व्यवहारमा ठीक उल्टो काम हुन लागेको दुलालले बताए ।
Read full story at source ( clickmandu.com )